३७ बर्षदेखि नेपालमा सहयोग गर्दै आएकी ९६ बर्षकी अमेरिकन हजुरआमा : ‘रोकिने त कुरै छैन’


प्रकाशित मिति : असार २२, २०७८ मंगलबार

९६ बर्षकी अमेरिकन हजुरआमा ओल्गा मुरेले आफू रिटायर्ड हुनुभन्दा ठीक अगाडि आफ्नो जीवनको उद्देश्य फेला पारिन् । आफ्नो कानूनी सेवाको अन्त्यतिर उनी पहिले कहिलेपनि नगएका स्थानमा विदा मनाउने क्रममा थिइन् । यसै क्रममा उनी नेपाल आएकी थिइन् ।

मुरे भन्छिन् – ‘जब म नेपालमा अवतरण गरें । तब म यो देशसँग प्रेममा परें । बालबालिकाहरु उनीहरुले मेरो हात समाते । उनीहरु हाँसे । उनी निकै रमाइला थिए । र उनीहरु स्कुल जान चाहन्थे । तर उनीहरु स्कुल जान पाएका थिएनन् ।’

उनलाई नेपाल आउनासाथ अचानक ठूलो कुरा महसुस भएजस्तो भयो । उनले आफूले आफैलाई सोधिन् – ‘ओल्गा, तिमी आफ्नो बचेको जीवनका लागि के गर्दैछौ ?’ अनि आफै जवाफ दिइन् – ‘तिमी बालबालिकाहरुलाई शिक्षित बनाउँदैछौ ।’

त्यसपछि उनले सन् १९९० मा गरिबीबिरुद्ध लड्ने, विद्यालयहरु ब्नाउने र दासत्वमा रहेका कमलरी बालिकाहरुलाई उद्दार गर्ने गैर नाफामुलक संस्थाको स्थापना गरेर गरिन् । उक्त गैरनाफामुलक संस्था नेपाल युथ फाउण्डेशनले अहिलेसम्म ७२ वटा पोषणकेन्द्रहरु बनाएको छ भने ५० हजारभन्दा धेरैलाई शिक्षित बनाउन सहयोग गरेको छ ।

अझ धेरै गर्न बाँकी रहेको बताउँछिन् ओल्गा मुरे । सीबीएसन्यूजसँगको कुराकानीमा उनी भन्छिन् – ‘रोकिने त कुरै छैन । आफूले सकुन्जेल र स्वस्थ्य रहुन्जेल आफ्नो सेवा निरन्तर राख्नेछु ।’

ओल्गा सन् १९४९ मा कोलम्बिया विश्वविद्यालयबाट कानूनमा स्नातक गरेकी अमेरिकी वकिल हुन् । उनको जन्म हंगेरीमा भएको थियो । उनी ६ बर्षको उमेरमा सन् १९३१ मा परिवारसाथ अमेरिका पुगेकी थिइन् । छोराछोरीलाई राम्रो शिक्षा दिलाउन उनका बाबुले अमेरिका बसाईं सारेका थिए।

सन् १९८४ मा पहिलोपटक नेपाल आएकी ओल्गा त्यसपछि दर्जनौंपटक नेपाल आइसकेकी छन्। पूर्वदेखि पश्चिमसम्मका पहाडी पाखाहरू चहारेकी छन्। पश्चिम नेपालको दाङलगायत ठाउँमा पुग्दा कमलरी बसेका छोरीहरू देख्दा उनीहरूलाई मद्दत गर्ने योजना बनाएकी थिइन् ओल्गाले ।

सुरुमा उनले १२ हजार ८ सयलाई सुँगुर वा बाख्राको पाठो बाँडेकी थिइन् । उनीहरुलाई आत्मनिर्भर बनाउने प्रयास थियो ओल्गाको ।

ललितपुरको चुनिखेलमा उनले ओल्गापुरी बनाएकी छन्, जहाँ दर्जनौं बालबालिका बसेर पढिरहेका छन्। उनी हरेकबर्षजसो अमेरिकाबाट नेपाल आउँछिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com