अमेरिकाको भर्जिनियामा तुलसी दिवशको बिशेष अभिनन्दन


प्रकाशित मिति : जेष्ठ १४, २०७४ आईतबार

नेपाली लोक सँस्कृती र साहित्य क्षेत्रका धुरन्धर विद्वान प्रोफेसर तुलसी दिवश संगको प्रत्यक्ष भेटघाट, साक्षात्कार, वहाँलाई सुन्ने कार्यक्रम र वहाँलाई  बिशेष अभिनन्दन गर्ने कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी, अमेरिकाको आयोजनामा अमेरिकाको भर्जिनिया मनासस शहरमा सम्पन्न भएको छ ।

कार्यक्रममा अभिनन्दन गरिए पछि एक घण्टा भन्दा लामो आफ्नो मन्तब्यमा प्रोफेसर तुलसी दिवशले नेपाली लोक सँस्कृती, कला, साहित्य र बिशेष गरी कविताका बिषयमा एक प्रकारको दर्शननै प्रस्तुत गर्दै जादुगरी शैली, प्रखर प्रबचन शैली, अत्यन्त सारगर्भित अाफ्ना केही कविताहरु प्रस्तुत गर्दा सहभागीहरु निकै आकर्सित र मनमुग्ध भएका थिए ।

अनेसासका संस्थापक अध्यक्ष, डिसी मेट्रो कमिटीका सँरक्षक अग्रज साहित्यकार होमनाथ सुबेदी र प्रा. पुरुसोत्तम सुबेदीले प्रा दिवशका बारेमा समालोचकीय मन्तब्य राख्दै दिवश नेपाली कविता, साहित्य र लोक सँस्कृती क्षेत्रका उज्जवल नक्षत्र भएको बताउनुभयो ।

अनेसासका पूर्व अध्यक्ष एबम कवी बसन्त श्रेष्ठले अभिनन्दित ब्यक्तित्व दिवशका बारेमा अत्यन्त मिठाश ढंगबाट चिनारी प्रस्तुत गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थप तस्विरहरु यहाँ हेर्न सक्नुहुनेछ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी, अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल कार्यक्रमको सभापतिको आशन बाट बोल्दै नेपालको लोक सँस्कृती र साहित्य क्षेत्रका धुरन्धर विद्वान प्रोफेसर तुलसी दिवश संगको प्रत्यक्ष भेटघाट, साक्षात्कार, वहाँलाई सुन्ने कार्यक्रम र वहाँलाई  बिशेष अभिनन्दन गर्ने कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी, अमेरिकाले गर्न पाउँदा आफु गर्भित भएको बताउँदै वहाँलाई आफ्नो क्षेत्रमा अघि बढ्न आग्रह गर्नुभयो ।

प्रा दिवशको उक्त दर्शन सुनेपछी प्रभाबित भएका, वहाँको बारेमा गहकिलो मन्तब्य राखेका अनेसास डिसी महासचिब पण्डित भुपनारायण घर्तिमगरको मिठो उदघोसण सुनेपछी प्रा दिवशले पनि वहाँलाई मगरको छोरो तर बास्तबमै पण्डित नै भनेर प्रशँशा गर्नुभएको थियो ।

अनेसास डिसी सचिब चर्चित कवयित्री नीरा शर्माले अभिनन्दन पत्र बाचन गर्नुभयो भने उपाध्यक्ष बिमला निरौला र सल्लाहकार मन थापा मगरले फुलमाला र खादा सहित, संस्थापक सुबेदी र अध्यक्ष खनालले प्रा दिवशलाई अभिनन्दन पत्र हस्तान्तरण गर्दै अभिनन्दन गर्नुभयो ।

कार्यक्रममा अन्य केही कविताहरु पनि बाचन गरिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com