बेलायतमा बस्दै आएकी नेपाली किर्तीमानी पौडीवाज गौरिका सिंह वर्ष खेलाडी घोषित


प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार

❒ गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा  ४ स्वर्णसहित कूल ९ पदक जितेर  गौरिकाबाट किर्तीमान

❒ १७औं पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा ‘जलपरी’ गौरिकालाई वर्ष महिला खेलाडी घोषणा

❒ नेपालको आठौं राष्ट्रिय खेलकुदमा पनि गौरिकाले आफू सहभागी सबै १२ वटै प्रतिस्पर्धामा स्वर्ण जितेकी थिइन् ।

खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

 

बेलायतमा बस्दै आएकी नेपाली किर्तीमानी पौडीवाज गौरिका सिंह वर्ष खेलाडी घोषित भएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १७औं पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा ‘जलपरी’ गौरिकालाई वर्ष महिला खेलाडी घोषणा गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार काठमाडौंमा अवार्ड घोषणा गरिएको हो ।

गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिकाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । ऐतिहासिक ४ स्वर्णसहित कूल ९ पदक जितेर गौरिकाले किर्तीमान बनाएकी थिइन् ।

उनले दक्षिण एशियाली खेलकुदको इतिहासमै पहिलो व्यक्तिगत स्वर्ण जित्नुका साथै ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेकी थिइन् ।

सागमा नेपालको लागि अहिलेसम्मकै सर्वाधिक ४ स्वर्ण जित्ने किर्तीमानी तेक्वान्दो खेलाडी दीपक विष्टको कीर्तिमान बराबरी गरेकी थिइन् । त्यस्तै, सागको एउटै संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बन्न समेत उनी सफल भएकी थिइन् ।

नेपालको आठौं राष्ट्रिय खेलकुदमा पनि गौरिकाले आफू सहभागी सबै १२ वटै प्रतिस्पर्धामा स्वर्ण जितेकी थिइन् ।

वर्ष खेलाडी अवार्डका लागि मनोनयनमा परेका १३औं सागमै २ स्वर्ण जितेकी तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारीलाई पछि पार्दै गौरिका वर्ष खेलाडी घोषित भएकी हुन् ।

यसैबीच, अहिले बेलायतमै रहेकी गौरिकाले जुम एपमार्फत् अवार्ड समारोहमा सहभागी बनेकी छन् ।

समारोहमा आफूलाई वर्ष खेलाडी घोषणा गर्दै गर्दाको दृश्य जुमबाट हेरिरहेको तस्विर उनले सामाजिक सन्जालमा पोस्ट गरेकी छन् ।

साथै, वर्ष महिला खेलाडी घोषित हुँदा ’सौभाग्यशाली’ महसुश भएको प्रतिक्रिया उनले दिएकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com