परिवारको परिभाषामा आएको परिवर्तन: परिवारको अर्थ श्रीमान/श्रीमती र बच्चाहरु मात्र हो ?


प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार

“एउटा कुरा सत्य हो,परिवार भनेको मैले सोचेको जस्तो छैन । किनभने एक ‘आदर्श’ र ‘परम्परागत’ परिवारमा छ । जहाँ महिला पुरुष साझेदार छन् तर मैले भनेको कुरा पुरुष—महिला साझेदारहरू होइनन् । हामी दुबै पुरुष हौं, यस बाहेक अरु केही कुरा पनि फरक ।”

हर्ष र एलेक्स समलिङ्गी जोडी हुन । उनीहरु एक अर्काको परिवार पनि ! यी दुई ३ वर्ष अघि भारतको गोवामा भेट भएका थिए । तीन वर्ष अघि दुवैले गोवामा भेटेका थिए । दुवै जना केही समय सँगै बसेँ र परिवार ‘बसाल्ने’ निर्णय गरे !

हर्ष भन्छन् “मानिसहरूलाई लाग्न सक्छ, हाम्रो परिवार अन्य परिवारभन्दा फरक हुन्छ तर त्यस्तो हुँदैन । हाम्रो घरमा पनि काम बाँडेका छौँ । एक अर्काका जिम्मेवारीहरू पनि फरक छन् । हामीले पनि एक अर्कासँग समय बिताउन र सँगै फिल्म हेर्न मन पराउँछौँ ।

कति फरक छ हर्ष र एलेक्सको परिवार

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एलेक्सको विचारमा परिवारको अर्थ हरेक मानिसहरुका लागि फरक हुनसक्छ ।

उनी भन्छन्,“परिवार एक धागो जस्तो हो । जसले तपाईंलाई बाँधेर राखेको हुन्छ । जुन सम्बन्ध एक अर्कालाई स्वीकार्य हुन्छ ।” “हामीले देखेका छौँ, एउटै आमाको कोखबाट जन्मेका दाजुभाईहरू राम्रोसँग बोल्दैनन् । तर,साथीहरुसँग हरेक कुरा भन्छौँ । यस्तो परिवेशमा तपाईनै भन्नुस्, परिवार कस्लाई भन्दा ठीक हुन्छ?”

एलेक्सको कुरामा सहमति जनाउँदै हर्ष भन्छन् “परिवार भनेको हाम्रो समाजमा धेरै प्रकारका तह निर्धारित गरिएको छ, जसको कारण केही परिवारलाई सामान्य र केही परिवारलाई असामान्य भन्ने गरिएको छ ।”

“कहीले काँही समाजले दिएको परिभाषालाई हेर्दा लाग्छ, जुन पूरा गरेपछि मात्र उसको परिवार पूर्ण मानिन्छ । तर मलाई यो करा अनौंठो र अचम्म लाग्छ,”उनले सुनाए ।

“हामीले सानैदेखि परिवारको अर्थ के हो खोज्दैनौ र सोच्दैनौंँ । समाजमा जे देखिन्छ त्यही परिवारको अर्थ हो भन्ने हाम्रो दिमागमा हुर्किरहेको हुन्छ । जब हामीले परिवारको बारेमा पढेर जान्ने प्रयास गर्दछौँ, त्यहाँ लेखिएको हुन्छ, जस्को बच्चाबच्ची हुन्छ, त्यो परिवार,जसको हुँदैन त्यो परिवार नै होइन । जसको घरमा श्रीमानश्रीमती र बच्चाहरु हुन्छन् त्यो परिवार मात्र परिवार पूर्ण हो भन्ने ठानेको देख्दा अचम्म लाग्छ ।”

त्यसो भए हर्षको विचारमा परिवारको अर्थ अरु नै हो ?

परिवारको अर्थको बारे जिज्ञासामा हर्ष भन्छन्,“मेरो लागि परिवार त्यही हो ! म जस्तो छु त्यस्तै रुपमा स्वीकार गर्दछ । जसले अप्ठ्यारो अवस्थामा साथ दिन्छ । विर्ना शर्त माया गर्छ र मेरो क्षमतालाई बाहिर ल्याउन सहयोग गर्नुका साथै हौसला दिन्छ ।”

तर हर्षले ‘परिवार’ भनेको समाजको धारणा भन्दा फरक छैन भन्ने कुरालाई अस्वीकार भने गर्दैनन् ।

 

एलेक्स: परिवार भनेको अर्थ आपसी तालमेल

एलेक्स भन्छन्, “परिवार भनेको दुई व्यक्तिले एउटै बिन्दुमा पुग्ने सोच्दछन् । जहाँ तपाईं सहज महसुस गर्नुहुन्छ । कुनै कुरा गोप्य हुँदैन र केही कुरा लुकाउनु पर्दैन ! वास्तवमा परिवार भनेको यहीँ हो ।” “आफ्नो परिवारको बारेमा बताउँदै उनी भन्छन् “एउटा परिवारमा दुईजना छौँ । तर, समाजलाई लाग्छ हामी परिवार होइन, एक्लै छौँ ।”

सम्झौता र त्यागबीचमा फरक छ

अहिले पनि हाम्रो समाजको दृष्टिकोणमा ‘परिवार बनाउनको लागि सम्झौता गर्नै पर्दछ ।’ तर, यो कुरा पुरुषको लागि भन्दा महिलाको लागि भनिएको हो ।

के समलिङ्गी जोडीको बिचमा पनि सम्बन्धकायम राख्नको लागि सम्झौता र त्याग गर्ने कुराको स्थान हुन्छ ? यस विषमा हर्ष भन्छन्, सम्बन्ध कामय राख्नको लागि सम्झौता र त्याग गर्नुपर्दछ । तर हामी यसलाई एक सम्झौताका रूपमा लिईँदैनौं ।

साथै एलेक्स भन्छन, “सम्झौता त सधैभरी हुन्छ । तर, सम्झौतालाई त्यागमा बदल्नु हुँदैन । सम्बन्धमा कुनै एक व्यक्तिले आफूलाई पीडित महसूस गर्नु भएन । सम्झौता यस्तो तरिकाले गरिनुपर्दछ कि ! जुन सम्झौताले दुबैजनालाई खुशी मिलोस् । सम्बन्ध कायम राख्नका लागि यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।”

यो जोडिको भिन्नभिन्नै बानी भएपनि, एक अर्कासँग कुनै गुनासो छैन ।

भोग्नु परेका अप्ठारोहरु

भारतको सर्वोच्च अदालतले समलैंगिकतालाई अपराधको सूचिबाट हटाएको छ । त्यसकारण दुई वयस्कबीच आपसी सहमतिका आधारमा बनेको समलैंगिक सम्बन्धलाई अपराध मानिदैन ।

कानून अनुशार भारतमा समलैंगिक सम्बन्धलाई अपराध मानिदैन तर, परम्परागत सोँचले जकडिको यहाँको समाजले भने अझै स्वीकार गरेको छैन । समलिङ्गी सम्बन्धलाई कानूनी मान्यता त मिल्यो तर, सामाजिक मान्यताका लागि भने अझै समय लाग्छ देखिन्छ ।

हर्ष भन्छन् “जुन घरमा हाम्रो जन्म भएको हुन्छ । जन्मदिने बाबुआमा, भाई बहिनीहरुलाई पनि समलिंङ्गी जोडी स्वीकार गर्न निकै गाह्रो भएको छ ।”

उनी अगाडि थप्छन्“समलिंङ्गी जोडीलाई परिवारले स्वीकार नगर्नु, हाम्रो गल्ती होइन । सदियौँदेखि मानिसमा यस्तो परिवारको बारेमा कुनै अवधारणा छैन ।”

“तपाई आफैले सोच्नुहुन्छ ‘जब समलिङ्गी व्यक्तिको व्यक्तित्व स्वीकार्न वर्षौं लाग्यो भने अरुहरुले हामीलाई स्वीकार गर्नु सोचे जस्तो सजिलो पटकै छैन ।”

परिवारको नयाँ अवधारणालाई लिएर डर त छैन ?

हर्ष आफ्नो अनूभव र समाजको दृष्टिकोलाई प्रष्ट्याउँदै भने “मानिसहरु हराउँछन वा डराउँदैनन् यो कुरा भन्न गाह्रो छ । तर, म यति भन्नसक्छु कि मानिसहरु यस्तो सम्बन्धलाई कुनै पनि हातम सहज रुपमा लिएकै छैनन् ।”

“मानिसहरुले यो जान्न जरुरी छ, पहिला जस्तो परिवारको संरचना अहिले छैन । जुन अहिले छ त्यहाँ भोलि हुनेछैन ।”

उनी भन्छन् “मानिसहरुलाई लाग्न सक्छ, यो परिवर्तन शहरमा मात्र भइरहेको छ । तर, अहिले गाउँमा पनि परिवर्तन हुँदै आएको छ । फरक यत्तिमात्र हो शहरमा धेरै मानिसहरु खुलेर अगाडि आएका छन् । महत्वपूर्ण कुरा समाजले के भन्ला भनेर बस्नु हुँदैन, परिवर्तन आफैंबाट सुरु गर्नुपर्दछ । मलाई पूर्ण विश्वास छ, जुन परिवारमा म पढेलेखेर ठूलो भएँ, त्यो परिवारले उनको यो नयाँ परिवारलाई अवस्य स्वीकार गर्नेछ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com