यसरी स्वागत गरियो न्युयोर्कमा नयाँ बर्षलाई (१३ तस्वीर)


प्रकाशित मिति : पुस १६, २०७६ बुधबार

न्युयोर्कको टाइम्स स्क्वायरमा एक भब्य समारोहकाबीच नयाँ बर्ष २०२० लाई स्वागत गरिएको छ । जलवायु परिवर्तनको मर्मसहित न्युयोर्कको टाइम्स स्क्वायरमा दशकको विदाई र सन् २०२० को स्वागत गरिएको छ । राती १२ बजे न्युयोर्कमा क्रिस्टल बल खसालेर नयाँ बर्षको स्वागत गरियो ।

नयाँ बर्षको स्वागतका लागि दशौं हजार व्यक्ति न्युयोर्कको टाइम्स स्क्वायरमा जम्मा भएका थिए भने १२ बज्न केही सेकेण्ड बाँकी रहँदा जलवायु परिवर्तनसँग सम्बन्धित केही शिक्षकहरु र विद्यार्थीहरुले क्रिस्टल बलको बटन थिचेपछि काउन्टडाउन सुरु भएको थियो र क्रिस्टल बल खसालिएको थियो ।

बेलुका ६ बजेदेखि टाइम्स स्क्वायरबाट लाइभ प्रशारण सुरु गरिएको थियो भने राती १२ बजेर १५ मिनेट जाँदा नयाँ बर्षको स्वागतसँग समाप्त गरियो । विभिन्न मुख्य अमेरिकन टेलिभिजनहरुले न्युयोर्कको टाइम्स स्क्यारमा बल खसालेको लाइभ प्रशारण गरे, जसको अवलोकन दशौं लाखले गरेका छन् । विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुतीहरु समेत दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com