शाहको फोटोग्राफी पुस्तकमा


प्रकाशित मिति : श्रावण २९, २०७३ शनिबार

फोटोग्राफर सुधिरा शाहको तस्वीर पुस्तक प्रोजेक्ट “फार एण्ड अवे – नेपलीज फ्यामीलीज ईन अष्ट्रेलिया” का रूपमा आगामी सेप्टेम्बरको ११ मा सिड्नीमा औपचारीक रूपमा उपलब्ध हुने भएको छ । यस वर्षको एआपिपि एनएसडब्ल्यु डकुमेन्ट्री फोटोग्राफर अफ द इयर २०१६ फाइनलीस्टको उपाधी जित्न सफल शाह विगत डेढ दशक वर्षदेखि फोटोग्राफीमा संलग्न छीन् । नेपाल, बेलायत र अष्ट्रेलियामा काम गरेको धेरै वर्षपछि “कुनै नौलो काम गर्ने प्रेरणाले” यस पुस्तकको शुरूवात भएको लागेको जानकारी उनले दिइन् ।

सयौं नेपालीहरूलाई एउटै सचित्र पुस्तकमा समावेश गर्ने उद्देश्यले थालिएको यो अत्यन्त महत्वाकांक्षी पुस्तकका फोटोग्राफीको थालनी सन् २०१३ मा एडेलेडबाट शुरू भएको थियो । शुरुमा ४ सय अष्ट्रेलियामा बसाई सरेका नेपाली परिवारहरूलाई समेट्ने योजनामा रहेको भएता पनि अन्तिम चरणमा आईपुग्दा करीब ४ सय ६६ परिवार समेटीएको छ । पुस्तक करीब ४ सय ९६ रंगीन पेज रहेको पुस्तक हार्ड कभरका रूपमा प्रकाशित हुनेछ । आप्रवासी नेपालीहरूको जीवनसँग सम्बन्धित सम्भवत यो पहिलो पुस्तक हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शाह र उनको टिमले अष्ट्रेलियाको आठै राज्यहरू करीब १ वर्ष भ्रमण गरेर परिवारहरूको तस्वीर र अन्य जानकारी संकलन गरेको थियो । परिवारहरू आफ्नो विशेष तस्वीरका साथ साथै हरेक परिवारहरूको छोटो जीवनी पनि छ, जसलाई पत्रकार योगेन्द्र विष्टले लेखेका छन् । प्रवास बसाईका क्रममा भोगेका कयौं दुःखसुखलाई आत्मसात गरी सफल जीवन बिताउने क्रममा रहेको नेपालीहरूको कथा पक्कै पनि प्रेरणादायी हुनेछन् भनेर विष्ट आशावादी छन् । त्यसै गरी शाहलाई पुस्तक डिजाईनमा नेपालका वरिष्ठ डिजाइनर राजुबाबु शाक्यले सहयोग गरेका छन् ।

बहुसांस्कृतिक अष्ट्रेलियाली समुदायमा नेपाली समुदायको योगदानको सराहना गर्दै अष्ट्रेलियाली आप्रवास मन्त्री पीटर डट्नले र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बधाई दिएका छन् ।

सन् १९९९ देखि नेपालमा कान्तिपुर पब्लिकेशन्सबाट फोटोग्राफीलाई आफ्नो पेशा बनाएकी शाहले छोटो समयमा नै फोटो पत्रकारिता जगतमा आफ्नो स्थान बनाउन सफल भइसकेकि थिइन् । एक सानी बालिकाले कठिन ताकासाथ रोपवेबाट त्रिशुली नदी तर्दे स्कुल गइरहेको उनको तस्वीरले सन् २००२ मा राष्ट्रिय फोटो प्रतियोगितामा दोस्रो उत्कृष्ट तस्वीरको उपाधि जितेको थियो र उनका तस्वीरहरूले अहिले सम्ममा चीन, मलेसिया, बेलायत र अष्टेलियामा थुप्रै उपाधिहरू जित्न सफल भइसकेको छन् । सन् २००४ मा बेलायतको युनिर्भसिटी अफ वेस्टमिनीस्टरबाट फोटो-पत्रकारितामा स्नाकोत्तर गरेकी शाहले अस्ट्रेलियामा विगत ६ वर्षदेखि आफ्नै स्टुडियोमा धेरै समय र्सिजनात्मक फोटोग्राफीमा बिताउने गरेकि छिन् । जीवनशैलीमा आधारित आफ्ना जीवन्त तस्वीरहरूलाई पारखी सामु लैजान सिपालु शाहको सिर्जनालाई त्यहाँका मानिसहरूले असाध्यै मन पराएका छन् । उनका तस्वीरहरू संसारकै उत्कष्ट संग्राहलयस्तर कागजहरूमा छापिन्छन् ।

त्यस्तै गरी लेखनमा साथ दिएका पत्रकार बिष्ट नेपालमा प्राध्यापन सहित विभिन्न उनको संलग्नता खोजमुलक अनुसन्धानमा थियो । नेपालन्युज अष्ट्रेलियाका सहसम्पादकका रूपमा कार्यरत बिष्टले सन् १९९९ मा कान्तिपुर पत्रकारिता अर्वाड पाउन सफल भएका थिए । बिष्ट पत्रकारिता र कानुनका साथसाथै अष्ट्रेलियामा मक्वारि र सेन्ट्रल क्विन्सल्याण्ड विश्वविद्यालयबाट क्रमशः निती तथा सामाजिक अनुसन्धान र लेखनमा स्नातकोत्तर गरिसकेका छन् ।

सिमीत संस्करणमा प्रकाशित हुने उक्त पुस्तक किन्नका लागि पहिलो प्राथमिकता पुस्तकमा भाग लिएका परिवारहरूले पाउनेछन्, तथा अन्य इच्छुक पाठकहरूले संसारको कुनै कुनाबाट किन्न सक्ने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com