नेपालमै पहिलो पटक मिस्टर एण्ड मिस हस्पिटालिटी हुने


प्रकाशित मिति : फाल्गुन २५, २०७३ बुधबार

नेपालमै पहिलो पटक मिस्टर एण्ड मिस हस्पिटालिटी २०१७ पोखरामा हुने भएको छ । एपि इन्टरटेन्मेन्टले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएको हो । ७५ हजार रुपैयाँ बराबरको पुरस्कार राशी रहेको उक्त हस्पिटालिटि मोड्युलस् बेस प्रतियोगिता सञ्चालन गर्न लागेको इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए ।

त्यसो त अहिले नेपालमा धेरै जसो ब्युटि प्याजेन्ट हुने गरेका छन् । तर आम ब्युटि प्याजेन्ट भन्दा फरक रहेर होटल म्यानेजमेन्ट कोर्षको आधारमा यो प्रतियोगिता गर्न लागेको पाण्डे बताउँछन् । उनी भन्छन् सम्भवत नेपालमै पहिलो पटक हस्पिटालिटि इण्डस्ट्रिज फिल्डका सहभागीहरुलाई लिएर यो प्रतियोगिता हुन लागेको छ ।

नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानी छ । नेपालको सुन्दरता सँगै पर्यटनलाई आकर्षण गर्न हस्पिटालिटिले पनि महत्वपूर्ण स्थान राख्छ । अतिथि सत्कारका विषयमा पनि केही सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको पनि पाण्डेले बताए ।

चैत्र २६ गते पोखराको तारे होटल विजेता घोषणा हुने उक्त प्रतियोगिताको खर्च कुल दस लाख रुपैयाँ लाग्ने शैलेस शाहीले बताए । कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले मूख्य प्रायोजन गरेको उक्त प्रतियोगिताका विजेतासँगै टप टेनमा परेका प्रतियोगिहरुको रोजगारीको ब्यबस्था गरिएको पनि उनले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतियोगिहरुलाई होटल म्यानेजमेन्ट कोर्षको आधारमा हस्पिटालिटीका पायोनियरहरुले करिब २२ दिन ट्रेनिङ्ग दिने र नतिजाका लागी अंकहरुपनि त्यहि आधारमा दिने शाहीले बताए । प्रतियोगिहरुले फाइनलमा आफू सेफ कोट र वेटर डे«समा प्रस्तुत हुनु पर्ने पनि उनले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com