महिला दिवसमा खसोखासका महिला सम्पादकलाई सम्मान


प्रकाशित मिति : फाल्गुन २५, २०७३ बुधबार

खसोखास साप्ताहिकले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा खसोखासका दुईजना महिला सम्पादकहरु अरुणा रायमाझी (अस्मिता खड्का) र गीता पन्थलाई खसोखास सम्मान गर्ने निर्णय गरेको छ ।

अरुणा रायमाझी खसोखासकी नेपाल सम्पादक हुनुहुन्छ भने गीता पन्थ खसोखासकी अमेरिकास्थीत साहित्य सम्पादक हुनुहुन्छ । उहाँहरुले गरेको योगदानको कदर गर्दै खसोखास साप्ताहिकले खसोखास सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

सम्मानपत्र छिट्टै एक समारोहकाबीच प्रदान गरिनेछ । साथै खसोखासले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा विश्वभरका सबै महिलाहरुलाई शुभकामना प्रदान गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com