२०१९ का डिभी विजेता नेपालीमध्ये १५६६ लाई भिसा, २०६७ अयोग्य


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

आर्थिक बर्ष २०१९ का लागि डिभी जितेकामध्ये २ हजार ६७ जना नेपालीहरु भिसाका लागि अयोग्य भएका छन् । उनीहरु डिभी लोटरी पारेर पनि भिसाका लागि अयोग्य भएका हुन् । सेप्टेम्बरको अन्त्यमा समाप्त भएको उक्त आर्थिक बर्षमा डिभी लोटरीका १५६६ प्राथमिक विजेताहरुलेमात्र भिसा प्राप्त गरेका छन् ।

अमेरिकी सरकारले भिसा पाउने डिभी विजेता नेपालीहरुको अन्तिम संख्या सार्वजनिक गरेको हो ।

आर्थिक बर्ष २०१९ को १२ महिनामा जम्मा १५६६ जना प्राथमिक डिभी विजेता नेपालीहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गरे । जबकी आर्थिक बर्ष २०१९ का लागि ३६३३ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए ।

२०१९ को सेप्टेम्बरमा जम्मा २३ जना डिभी लोटरीका प्राथमिक विजेता नेपालीहरुले भिसा पाए । उनीहरुका दम्पत्ति र छोराछोरीसहित भने सेप्टेम्बरमा ४६ जनाले भिसा पाएका थिए । अगस्त महिनामा ७२ जना नेपालीहरुले मात्र डाइभर्सिटी भिसा प्राप्त गरे । जुलाई महिनामा २८४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुन महिनामा डिभीमार्फत ३३१ जना नेपालीहरुले अमेरिकाको भिसा पाएका थिए । ३३१ जनामध्ये १९८ जना प्राथमिक डिभी विजेताहरु, ७० जना उनीहरुका दम्पत्ति र ६३ जना छोराछोरीहरु रहेका छन् ।

मे महिनामा डिभीमार्फत ३१९ जना नेपालीहरुले अमेरिकाको भिसा प्राप्त गरेका थिए । जसमध्ये १८३ जना प्राथमिक डिभी विजेताहरु थिए भने ७३ जना उनीहरुका दम्पत्ति र ६३ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

अप्रिलमा ३४१, मार्चमा ३२३, फरबरीमा ४५७, जनवरीमा ७३ जना, डिसेम्बरमा १७४ जना, नोभेम्बरमा १९१ र अक्टोबरमा १५१ जना नेपालीहरुले डिभीमार्फत भिसा प्राप्त गरेका थिए ।

डिभी विजेता कैयन नेपालीहरुको भिसा पब्लिक चार्जको आधारमा समेत रिजेक्ट गरिएको छ । सन् २०१९ का लागि डिभी विजेताहरुले सन् २०१९ को सेप्टेम्बर अन्त्यसम्म भिसा प्राप्त गरेका छन् । त्यतीेबेलासम्म भिसा नपाएकाहरुको डिभी स्वत खारेज भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com