विश्व कराते च्याम्पियनसिपमा नेपालका दीनेश सम्मानित !


प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार

ब्राजिलमा भएको विश्व कराते च्याम्पियनसिपमा नेपालका टिमकोच एवं नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव दीनेश शर्मा सम्मानित भएका छन् ।

नेपालमा मार्शल आर्टसको विकास र विस्तारमा  निकै  महत्वपूर्ण योगदान पु-याएको कारण शर्मालाई एप्रिसेसन अवार्ड र गोल्ड मेडलले अन्तर्राष्ट्रिय कराते महासंघले सम्मान गरेको हो ।

शर्मा यसअघि अमेरीका, बेलायत, जर्मनी, भारत लगायतका देशबाट सम्मानितभई सकेका छन् । प्रशिक्षक शर्मा बारा निजगढ ३ सिंगौल निवासी हुन् ।

उक्त प्रतियोगितामा ६० देखी ६५ किलोको खुल्ला प्रतियोगीताको कुमुते तर्फृ कास्य पदक विजेता नेपालका राज कुमार दराई र टिम मेनेजर रामकृष्ण श्रेष्ठ(राम बोस) पनि सम्मानित भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com