यी हुन् नोभेम्बर र डिसेम्बरमा भिसा पाउने नेपाली डिभी विजेता


प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार

आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गरिसकेका छन् । अक्टोबर महिनाका लागि १ हजारसम्म केस नम्बर हुने नेपालीहरुलेमात्र भिसाको प्रकृया अगाडि बढाउन सक्नेगरी सिमाबन्दी तोकिएको थियो ।

तर नोभेम्बर महिनामा भने ३१ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइनेछ । त्यस्तै डिसेम्बर महिनामा ५ हजारसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइने भएको छ ।

गत बर्षको अक्टोबरमा डिभी लोटरी भरेकाहरुले यो अक्टोबरबाट भिसा पाउन सुरु गरेका हुन् । उनीहरुले सन् २०२० को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउनेछन् । त्यतीन्जेलसम्म भिसा नपाउनेहरु अमेरिका जानका लागि स्वत अयोग्य हुनेछन् ।

अहिले डिभी लोटरी भरिरहेकाहरुले डिभी लोटरी पारेमा आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । यो बर्षको डिभी लोटरी नोभेम्बर ५ सम्मका लागि खुल्ला गरिएको छ । यसबर्षदेखि डिभी लोटरी भर्नका लागि पासपोर्ट अनिवार्य गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com