अक्टोबर २ देखि डिभी लोटरी, पासपोर्ट अनिवार्य, सरकारबाट औपचारिक सुचना जारी


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

आगामी अक्टोबर २ देखि खुल्ने डिभी लोटरी २०२१ बारे अमेरिकी सरकारले १८ पृष्ठ लामो निर्देशिका औपचारिक रुपमा सार्वजनिक गरेको छ । यो निर्देशिकाको पूर्ण पाठ गत साता नै खसोखासले सार्वजनिक गरेको थियो ।

निर्देशिकामा डिभी लोटरीका परिवर्तित नियम, डिभी लोटरी भर्नका लागि पासपोर्ट अनिवार्य गरिनुको कारण, डिभी लोटरी भर्ने तरिका लगायतका विषयहरु समेटिएको छ । डिभी लोटरीबारे विभिन्न ३९ वटा प्रश्नोत्तर पनि निर्देशिकामा समेटिएको छ ।

निर्देशिकामा डिभी लोटरीका लागि आवश्यक योग्यता, योग्य र अयोग्य देशहरुको सुची, छनौट प्रकृया, डिभी भर्नका लागि आवश्यक तस्वीरको मापदण्ड लगायतका विषयहरु पनि समेटिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबर २ देखि डिभी लोटरी

आगामी आर्थिक बर्षका लागि अक्टोबर २ देखि डिभी लोटरी खुल्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयका अनुशार आगामी अक्टोबर २ तारिख बुधबार न्युयोर्क समय अनुशार दिउसो १२ बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । न्युयोर्क समय अनुशार नोभेम्बर ५ मंगलबार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ ।

यसपटक डिभी लोटरी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् । डिभी कार्यक्रममा सहभागी हुनका लागि १२ बर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ । यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ बर्षमा २ बर्षको कामको अनुभव भएको हुनुपर्छ ।

यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको छ । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ । पासपोर्ट पनि म्याद सहितको हुनुपर्नेछ । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परेपनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक नपर्ने अमेरिकी सरकारले जनाएको छ ।

कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिबार्य बुझाउनुपर्ने जनाइएको छ ।

डिभी लोटरी फर्म भर्दा अन्तिम अवधिसम्म नकुर्न अमेरिकी सरकारले सुझाव दिएको छ । अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डिभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ । यदि डिभी लोटरीका लागि छनौट भएमा र सबै योग्यता पूरा गरेमा सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा पाउन सकिनेछ ।

पासपोर्ट अनिवार्य

अमेरिकी सरकारले भनेको छ – ‘अद्यावधिक पासपोर्टले डिभीको प्रकृयामा सुरक्षा थप गर्नुका साथै तपाईको आवेदन संरक्षित गर्न मद्दत गर्छ । यो नियम बालबालिकाहरु र प्रारम्भिक आवेदकका दम्पत्तिका सन्दर्भमा लागु हुनेछैन । पासपोर्ट अन्तर्राष्ट्रिय यात्राका लागि वैध हुनुपर्छ । केही देशले जारी गरेका आन्तरिक पासपोर्टहरु डिभी आवेदन प्रयोजनका लागि योग्य हुनेछैनन् ।’

डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ – ‘यदि तपाईले गलत पासपोर्ट नम्बरसहित डिभी लोटरीका लागि आवेदन दिएमा तपाई स्वत अयोग्य हुनुहुनेछ भने तपाईको डिभी आवेदन अस्वीकृत गरिनेछ । तपाईले डिभी लोटरी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर तपाईको इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्नका लागि सुझाव दिन्छौं । फोटोकपी आफैमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभएपनि यसले तपाईको अवस्थाको व्याख्या गर्न मद्दत गर्नेछ । अन्तिम निर्धारण कन्सुरल अफिसरले तपाईको डिभी अन्तरवार्ताकै बखत गर्नेछन् ।’

नयाँ नियम अनुशार डिभी लोटरी भर्न चाहनेहरुले कम्तीमा सन् २०२२ को अप्रिलसम्म म्याद रहेको पासपोर्ट प्रयोग गर्न कानुनविदहरुले सुझाव दिएका छन् । सन् २०२१ को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउन सकिने र भिसा लिने बेलामा पासपोर्टको म्याद कम्तीमा ८ महिना हुनुपर्ने भएकाले डिभी लोटरी भर्दा नै यदि सन् २०२२ को अप्रिलसम्म म्याद भएको पासपोर्ट छैन भने नयाँ पासपोर्ट बनाउन सुझाव दिइएको छ ।

डिभी लोटरी भर्दा प्रयोग भएको पासपोर्ट सन् २०२२ को अप्रिल अगाडि नै एक्सपायर भएमा भिसा पाउने बेलामा समस्या हुनसक्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com