‘ओबामाको देश, झ्याम्म पैसा तिरेर, तल्लोबाट छिरेर, जानभन्दा नेपालमै गिटी कुट्न बेश’


प्रकाशित मिति : श्रावण २७, २०७३ बिहीबार

मेक्सिकोको बाटो हुँदै गैरकानुImageनी रुपमा अमेरिका छिर्ने नेपालीहरुको विषयमा तयार पारिएको तीजको गीत बजारमा आएको छ । ‘ओबामाको देश’ बोलको तीजको गीतमा मेक्सिकोहुँदै लाखौं रकम तिरेर गैरकानुनी रुपमा अमेरिका जान भन्दा आफ्नै देशमा केही गरेर बस्न प्रोत्साहन गरिएको छ । गीत हमाल म्युजिकले बजारमा ल्याएको हो ।

‘कोही मेक्सिको कोही पुगे पानामा, कोही अमेरिकन पुलिसको थानामा, तल्लो बाटो छिरेर टन्न पैसा तिरेर जान भन्दा आफ्नै देशमा हलो जोत्न वेश’ भन्दै गीतमा आफ्नै देशमा श्रम गर्न प्रोत्साहन गरिएको हो । शिव अखेली र सरस्वती लामिछानेको स्वरमा रहेको गीतमा केशव रिजालको संगित र कुमार केसीको संगित रहेको छ ।

गीतमा हिमाल रिजाल, करिश्मा ढकाल, सूर्य, युवराज पोखरेली, शितला र विजय लगायतको अभिनय रहेको छ । तीनसातामा युट्युबमा मात्र यो गीत डेढ लाख भन्दा धेरै पटक हेरिएको छ । अखेलीका अन्य कैयन हिट गीतहरु बजारमा आइसकेका छन् ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com