२०२० को डिभी पर्ने नेपालीको पहिलो समुहको अन्तवार्ता अक्टोबरमा, १ हजारसम्म केसनम्बर हुनेलाईमात्र भिसा


प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहीबार

आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी परेका नेपालीहरुको पहिलो समुहको अन्तरवार्ता आगामी अक्टोबर १ बाट हुने भएको छ । तर अक्टोबरमा १ हजारसम्म केस नम्बर हुने नेपालीहरुलाईमात्र भिसा प्रदान गरिने अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।

उनीहरुले अक्टोबरभरीमा भिसा प्राप्त गर्न सक्नेछन् । त्यसैले १ हजारभित्र केसनम्बर हुने डिभी लोटरी परेका नेपालीहरुले आफ्नो केसको प्रकृया अगाडि बढाउन सुझाव दिइएको छ । १ हजारभित्र केस नम्बर हुने नेपालीहरु कति छन् भन्ने विषयमा भने प्रस्ट छैन । तर २ सयको हाराहारीमा नेपालीहरुले अक्टोबरमा महिनामा डिभी लोटरीमार्फत भिसा प्राप्त गर्नसक्ने अनुमान गरिएको छ ।

सन् २०१८ को अक्टोबरमा ६ सम्म केस नम्बर हुने नेपालीहरुलाई प्रकृयाका लागि अगाडि बढाउँदा प्राथमिक डिभी लोटरी विजेता, दम्पत्ति र छोराछोरीसहित १५१ जनाले भिसा पाएका थिए । त्यस्तै सन् २०१७ को अक्टोबरमा ७५० सम्म केस नम्बर हुने नेपालहरुलाई प्रकृयाका लागि अगाडि बढाउँदा प्राथमिक डिभी लोटरी विजेता, दम्पत्ति र छोराछोरीसहित २७३ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।

डिभी लोटरी नेपालीहरुका लागि अमेरिकी ग्रिनकार्ड प्राप्त गर्ने सजिलो माध्यम मानिन्छ । जुन कार्यक्रममा हरेक बर्ष लाखौं नेपालीहरु सहभागी हुन्छन् । डिभी लोटरीमा छनौट भएका सबैजनाले भने भिसा प्राप्त गर्न सक्दैनन् । निश्चित आर्थिक बर्षका लागि डिभी लोटरी पारेकाहरुले सोही आर्थिकबर्षभित्र भिसा प्राप्त गरिसक्नुपर्ने हुन्छ ।

१ हजारभित्र केस नम्बर भएको नेपाली अमेरिकामा नै रहेको खण्डमा उनीहरुले युएससीआईएसमार्फत आफ्नो अध्यागमन अवस्था एडजस्ट गर्नका लागि अक्टोबर महिनामा प्रकृया अगाडि बढाउन सक्छन् । तर अमेरिकामा रहेर गैर कानुनी उपस्थीति भइसकेकाहरुले भने डिभी लोटरीमार्फत ग्रिनकार्ड एड्जस्ट गर्न सक्दैनन् ।

आफूलाई डिभी लोटरी परे नपरेको थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com