Follow @khasokhasmag

नेपालका समिरले जिते, १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको स्वर्ण


प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार

नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् ।

साे खेलमा भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए । पहिलो दिन जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो ।

पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे । यस्तै, पुरुष ६० केजीमा नेपालका कमल भण्डारी दोश्रो भए ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७० केजीमा नेपालका रमेश कार्कीले रजत हात पारे । अफगानिस्तानका अब्दुल समी पहिलो र इमरान अली तेश्रो भए ।  यस्तै, महिला एथलेटिक फिजिकमा नेपालले दुई पदक हात पार्यो । रजनी श्रेष्ठले रजत तथा सुजिता मानन्धरले कास्य जितेका हुन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com