अन्तर्राष्ट्रिय कलाकार मञ्च केन्द्रीय समिति अमेरिका पुनर्गठन, दुई बर्ष भित्र विश्व सम्मेलन


प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार

अमेरिकी नियम कानुन अनुसार अमेरिकामा दर्ता भई हाल संसारका कयौँ देशहरूमा आफ्ना शाखाहरू बिस्तार गरी गीत सङ्गीत, कला, साहित्य र लोक संस्कृतिका लागि विगत दश वर्ष देखी कार्यरत, कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।

कलाका विभिन्न सबै खाले बिधाहरुमा कार्यरत कलाकार र सम्बन्धित क्षेत्रका विज्ञहरूलाई समेट्दै सबैको परामर्श, सरसल्लाह पछि सर्वसम्मतबाट पुनर्गठन गरिएको केन्द्रीय कार्य समितिमा अमेरिका देखी नेपाल सम्मका  नयाँ पुराना कलाकारहरूलाई समेटिएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्चलाई अमेरिकामा स्थापना गरी यसको संस्थागत विकासमा सुरु देखीनै योगदान दिँदै आउनुभएका संस्थापक, नेपालका विशिष्ट श्रेणीका लोक तथा दोहोरी गायक, साहित्यकार एबम पत्रकार रामप्रसाद खनाल सर्वसम्मत रूपमा केन्द्रीय अध्यक्षमा चयन हुनुभएको छ ।

हाल सम्म अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाको अध्यक्ष रहेर काम गर्दै आउनुभएका अग्रज र लोकप्रिय हाँस्य कलाकार शिवहरी पौड्याल , चलचित्र जगतका अग्रज नायक गणेश उप्रेती, नेपाली चलचित्र जगतका सुप्रसिद्ध र लोकप्रिय नायिकाहरू क्रमशः: जल शाह, सारङ्गा श्रेष्ठ र पूजा चन्द उपाध्यक्षमा चयन हुनुभएको छ ।

चलचित्र विकास बोर्डमा बसेर बोर्ड अफ डाइरेक्टरको रूपमा काम गरिसकेका चलचित्र निर्देशक, रङ्गकर्मी एवम पत्रकार सुरेश दर्पण पोखरेल महासचिव र गीतकार एवम साहित्यकार प्रकाश नेपाल सचिवमा चयन हुनुभएको छ । यसै गरी कोषाध्यक्ष एवम संस्कृति विशेषज्ञमा संस्कृति क्षेत्रका विशेष जानकार, नेपाली समाजका अगुवा एवम साहित्यकार भूपनारायण घर्तिमगरलाई छानिएको छ ।

केन्द्रीय कार्य समितिको बोर्ड अफ डाइरेक्टर पदमा अग्रज गायिका देबिका वन्दना, चलचित्र निर्देशक एबम कलाकार सूर्य बोहरा, कयौँ नेपाली चलचित्रका कोरियो ग्राफर, नृत्य निर्देशक नवीन केसी, लुना श्रेष्ठ, नेपाली चलचित्र जगतका सुप्रसिद्ध नायक / नायिकाहरू अनुपमा प्रसाईँ, विक्रान्त बस्नेत, भुपिन चन्द, ईश्वर थापा, सौजन्य सुब्बा, रुपा राना, निशा सुनार, सारङ्गी किङ्ग एवम् गायक श्याम नेपाली, लोकप्रिय गायक / गायिका / सङ्गीतकारहरू क्रमशः पुरुषोत्तम न्यौपाने, नवीन खड्का ( अरुण उपत्यका ), महेश बुढाथोकी, प्रमोद खरेल, आशिश अविरल, बी बी अनुरागी, इन्द्र जिसी, कृष्ण देवकोटा, मञ्जु पौडेल, विमल राज क्षेत्री, थानेश्वर गौतम, वसन्त थापा, श्याम सुन्दर, तिलक श्रेष्ठ, लिलु गुरुङ, विमल डाँगी, पवन ओली, कृष्ण कँडेल, कलाकारहरू अनिल पाण्डे, निता श्रेष्ठ, बाद्यबादक राज कपुर चयन हुनु भएको छ ।

यसै गरी प्रसिद्ध बाँसुरी बादक एवम् कलाकार रोशन प्रताप राना, हाँस्य कलाकारहरू मनोज आचार्य ( खुराफाती हाकिम ), खेम शर्मा चतुरे, नारायण त्रिपाठी ( चरी ), क्यानेडियन गायक क्रिश हेल, गीतकार अम्बिका गुरुङ, लोकप्रिय पप गायक राम श्रेष्ठ, नेपाली म्युजिक भिडियो क्षेत्रका सुप्रसिद्ध कलाकार एवम निर्देशक द्वय शङ्कर बिसी र प्रकाश भट्ट, गीतकार हरि उप्रेती – भुटान, संगीतकार अंबर तुम्बाफो – भुटान, गायक अर्जुन रसाइली – भुटान पनि बोर्ड अफ डाइरेक्टरमा चयन हुनुभएको छ ।

बोर्ड अफ डाइरेक्टरमै चलचित्र निर्देशक एवम् कलाकारहरू कृष्ण मुरारी ढुङ्गेल, महेन्द्र बुढाथोकी, मुकेश ढकाल पनि नियुक्त हुनुभएको छ भने कलाकारिता क्षेत्रका विभिन्न हस्तीहरूलाई सल्लाहकारमा नियुक्त गरिएको छ ।

फिल्म क्षेत्रका जीवित पिता भनेर चिनिने अग्रज अभिनेता, निर्माता, निर्देशक, नेपाल टेलिभिजनका संस्थापक नीर शाह, सङ्गीत क्षेत्रका बादशाह भनेर चिनिने लोकप्रिय सङ्गीतकार प्राज्ञ शम्भुजित बास्कोटा, पुराना नायक, निर्माता, निर्देशक कृष्ण मल्ल र अशोक शर्मा, प्राज्ञ एवम् वरिष्ठ नाट्य कलाकार हरि बहादुर थापा, प्राज्ञ, साहित्यकार एवम् गीतकार उन्नति बोहरा शीला, अग्रज कलाकार, निर्माता किरण केसी, अग्रज चलचित्र नायकहरू सरोज खनाल र रमेश उप्रेती, लोक गायन क्षेत्रका प्रिय अग्रजहरू प्रेमराजा महत र नारायण रायमाझी, हाँस्य क्षेत्रका अग्रज, पुराना बादशाह सन्तोष पन्त, हाँस्य कलाकारितालाई नयाँ उचाइ दिने, नेपाली चलचित्रमा नयाँ सोंचको विकास र सफलताको शिखरमा रहेका हस्तीहरू दीपक राज गिरी र दीपा श्री निरौला, लोकप्रिय गायक यम बराल, गीत सङ्गीत, कलाकारिता एवम् संस्कृति प्रेमी समाजसेवी हेम पाठक सल्लाहकारमा चयन हुनुभएको छ ।

सन २००८ मा स्थापित यो संस्था विश्वकै पहिलो कलाकारहरूको स्वतन्त्र सङ्गठन हो । संस्थाका गतिविधिहरू संस्थाको वेबसाइट www.iafamerica.com मा हेर्न सकिन्छ ।

केन्द्रीय समितिको पुनर्गठन सँगै अन्तर्राष्ट्रिय कलाकार मञ्चले संसार भर रहेका आफ्ना शाखाहरूलाई जुन १, २०१९ तारिख देखी लागु हुने गरी बढीमा ६ महिना भित्र शाखाहरूले केन्द्रको अनुमति लिएर पुनर्गठन गर्न र त्यसो नगर्ने सबै शाखाहरूलाई स्वतः खारेज गरी केन्द्रकै पहलमा नयाँ शाखाहरू निर्माण गर्ने, भइरहेका शाखाहरू आजै देखी पुनर्गठन का लागि तदर्थ समितिमा परिणत गर्ने निर्णय गरेको छ । निस्क्रिय शाखाहरूका कारण सक्रिय हुन चाहने कलाकार साथीहरूलाई पनि अवसरबाट वञ्चित गर्नुपरेको र केन्द्रलाई समेत अप्ठ्यारो  परेकोले यो ६ महिने अवधि राखी पुनर्गठन गर्ने निर्णय गर्नु परेको संस्थापक एवम अध्यक्ष रामप्रसाद खनाल बताउनुहुन्छ ।

केन्द्रीय अध्यक्ष एवम् संस्थापक खनालकै उपस्थितिमा दुई महिना भित्र नेपाल शाखा पुनर्गठन गर्ने तयारी भएको र सोही प्रयोजनका लागि पनि खनाल नेपाल प्रस्थान गर्ने तयारीमा रहनुभएको महासचिव सुरेश दर्पण पोखरेलले बताउनुभएको छ । नेपालमा धेरै कलाकारहरू रहनुभएकोले नेपाल शाखाका अलावा नेपाल शाखाकै मातहतमा रहने गरी सात वटै प्रदेशमा प्रदेश स्तरीय उपशाखा निर्माण गर्ने, नेपाल बाहिर हरेक देशमा देश स्तरीय शाखाहरू निर्माण गर्ने, अब देखी केन्द्रीय समिति र शाखा, उपशाखा मात्र रहने र महाशाखालाई विस्थापित गर्ने, हरेक शाखाहरू केन्द्रसँग प्रत्यक्ष सम्पर्कमा राखी सञ्चालन गर्ने, हाल भएका महाशाखालाई आजकै मिति देखी स्वतः: शाखामा कन्भर्ट गर्ने, दुई वर्ष भन्दा बढी समय देखी भेला र पुनर्गठन नगरेका, केन्द्र सँग सम्पर्कमा नरहेका सबै शाखाहरू आजैका मिति देखी खारेज गर्ने निर्णय गरिएको छ ।

केन्द्रीय समितिमा देश विदेशमा रहनुभएका धेरै कलाकारहरू रहनुभएकोले अन्तर्राष्ट्रिय कलाकार मञ्चका काम कार्वाहीलाई प्रभावकारी बनाउन अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षहरू रहनुभएको विशेष अधिकार प्राप्त केन्द्रीय सचिवालय बनाइएको छ जसले केन्द्रीय समितिको पूर्ण बैठक नबसेका बेला सो सरह निर्णय गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।

एक वर्ष भित्र अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मञ्चको आयोजनामा अमेरिका स्तरीय कलाकार सम्मेलन गर्ने, सोही सम्मेलनलाई अन्तर्राष्ट्रिय कलाकार मञ्चको साधारण सभाको रूप दिँदै विधानलाई आबस्यक संशोधन सहित पूर्णता दिने, दुई वर्ष भित्र अन्तर्राष्ट्रिय कलाकार मञ्चकै आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय कलाकार सम्मेलन गर्ने योजना पनि अघि सारिएको छ ।

पुनर्गठन गर्दा नयाँ कलाकारहरु समाबेश गर्नुको साथै यस अघिको कार्य समितिमा रहनुभएका केही सल्लाहकार, पदाधिकारी र सदस्यहरुलाई पनि यस पटक पनि समाबेश गराइएकोछ भने छुट भएका अन्य कलाकारहरुलाई क्रमश: समेट्दै जाने, निर्माण गरिने बिभिन्न शाखाहरुमा समेत सहभागी गराउने निती लिईएकोछ । तसर्थ वास्तविक कलाकारहरु अन्तर्राष्ट्रिय कलाकार मञ्च भन्दा अलग रहनुपर्ने छैन ।

नेपाल सहित विभिन्न देशमा भएका शाखाहरू पुनर्गठन गर्ने, शाखाहरू नभएका देशहरूमा शाखाहरू निर्माण गर्ने, अन्तर्राष्ट्रिय कलाकार मञ्चलाई पूर्ण सक्रिय बनाउने निर्णय गर्दै इच्छुक कलाकारहरूलाई सम्पर्क गर्न आह्वान पनि गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com