एकपटक चेक गर्दा डिभी लोटरीमा छनौट नभए बारम्बार चेक गर्नु नपर्ने


प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार

अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा गएर चेक गर्दा एकपटक डिभी लोटरी नपरेको खण्डमा सोहीबर्षका लागि बारम्बार चेक गर्नु नपर्ने अमेरिकी सरकारको विदेश मन्त्रालयले स्पष्ट पारेको छ । सन् २०२० का लागि डिभी लोटरी भरेकाहरुले मे ७ देखि अमेरिकी विदेशमन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सको वेवसाइटमा गएर आफूलाई डिभी लोटरी परे नपरेको चेक गर्न सक्छन् ।

डिभी लोटरी परे नपरेको यहाँ चेक गर्नुहोला ।

तर एकपटक चेक गर्दा नपरेमा पुन चेक गर्दा पर्ने सम्भावना नहुने अमेरिकी सरकारले स्पष्ट पारेको छ । अतिरिक्त नम्बरहरुको छनौट गरिएको खण्डमा भने छुट्टै सुचना जारी गरेर अमेरिकी सरकारले त्यसबारे जानकारी दिनेछ ।

डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा भने नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिनेछ । सोमबारदेखि हराएको कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिने अमेरिकी सरकारले स्पष्ट पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कन्फर्मेशन नम्बर हराएमा यहाँ क्लिक गरेर प्राप्त गर्नुहोला ।

डिभीको कन्फर्मेशन नम्बर सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्म आफूसँग राख्न अमेरिकी सरकारले सुझाव दिएको छ । डिभी लोटरीका लागि चालु आर्थिक बर्षका लागि प्रयाप्त भिसा जारी नभएको खण्डमा थप नम्बरहरु छनौट गर्नसक्ने सम्भावना समेत रहन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com