डिभी लोटरी र चेन माइग्रेशनको अन्त्य गर्ने बिल सिनेटमा पेश


प्रकाशित मिति : चैत्र २८, २०७५ बिहीबार

डिभी लोटरी र चेन माइग्रेशनको अन्त्य गर्दै अमेरिकामा आप्रवासीहरुको संख्या घटाउने बिल तीनजना रिपब्लिकन सिनेटरहरुले सिनेटमा पेश गरेका छन् । कम क्षमता भएका आप्रवासीहरुलाई अमेरिका प्रवेशमा कमी गर्ने नीतिलाई सघाउने उद्देश्यले रिपब्लिकन सिनेटरहरुले बुधबार सदनमा उक्त बिल ल्याएका हुन् ।

गत सदनमा बिल पेश गरेका रिपब्लिकन सिनेटरहरु टिम कटन र डेभिड पर्र्डुले जोस हाउलीसँग मिलेर नयाँ बिल सदनमा ल्याएका हुन् । रेज एक्ट नाम दिइएको उक्त बिल पारित भएमा वर्तमान रोजगारमा आधारित भिसाको फ्रेमवर्कलाई पुनस्थापित गर्नेछ ।

बिल पारित भएमा धेरै शिक्षित, अँग्रेजी बोल्ने, उपलब्धीको रेकर्ड भएका, उद्यमशिलहरुलाई ग्रिनकार्डका लागि प्राथमिकतामा राख्नेछ । त्यस्तै अमेरिकाको ग्रिनकार्ड हुनेहरुका नजिकका परिवारको ग्रिनकार्डलाई प्राथमिकता दिनेछ भने दाजुभाईदिदीबहिनीहरु र जवान छोराछोरीहरुका लागि ग्रिनकार्ड दिने प्रावधानको अन्त्य गर्नेछ ।

बिल पारित भएमा डिभी लोटरी कार्यक्रम समेत खारेज हुनेछ । चेन माइग्रेशनको अन्त्य गरेर मेरिटमा आधारित इमिग्रेशन प्रणाली लागु हुनेछ । बिल पारित भएमा अमेरिकामा शरणार्थीहरुको संख्यालाई बार्षिक ५० हजारको कोटामा सिमित गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com