साइकलले किचेको छिमेकीको चल्लालाई अस्पताल लैजाने बालकलाई सम्मान


प्रकाशित मिति : चैत्र २१, २०७५ बिहीबार

दुर्घटनावश आफ्नो साइकलले छिमेकीको चल्ला किचेपछि चल्ला लिएर पैसासहित अस्पताल पुगेका बालकलाई उनको विद्यालयले सम्मान गरेको छ । चल्ला किचेपछि उनी हतारहतार आफूसँग भएको १० रुपैया लिएर चल्लाको उपचारमा सहयोगको आग्रह गर्दै अस्पताल पुगेका थिए ।

भारतको मिजोरमका ६ बर्षीय डेरेक लालछानिमा स्थानीय सेन्ट पिओ स्कुलमा अध्ययनरत छन् । बालकलाई उनको मानवियताका लागि विद्यालयले सम्मान गरेको हो । प्राइमरी हेल्थ केयर सेन्टरकी नर्सले चल्लासहित अस्पताल पुगेका बालकको तस्वीर लिएर सामाजिक सञ्जालमा हालेपछि उक्त तस्वीर भाइरल भएको थियो ।

तर साइकलले किचिएको चल्ला भने बचाउन नसकिएको जनाइएको छ । अस्पताल लैजादासम्म चल्लाको मृत्यु भइसकेको भएपनि बालकले त्यसलाई बचाउन चाहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com