खसोखास नेपाल सम्पादक अस्मिता खड्का (अरुणा) सम्मानित


प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार

पत्रकारिताको माध्यमबाट सामाजिक जागरणमा योगदान पुर्‍याएकोमा खसोखासका नेपाल सम्पादक अस्मिता खड्का (अरुणा) सम्मानित भएकी छिन् । उनीसँगै सात जना संचारकर्मी सम्मानित भएका छन् ।

व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै नवजीवन परोकार समाजले शनिवार एक कार्यक्रमकाबीच खसोखासका नेपाल सम्पादक सहित सातजना सञ्चारकर्मीलाई सम्मान गरेको हो।

समाजका सद्भावनादूत नायक निखिल उप्रेती र समाजका अध्यक्ष दुर्गानाथ दाहालले संयुक्त रुपमा पत्रकारहरुलाई सम्मान गरेका थिए। सम्मानित हुनेमा राससका समाचारदाता कुमार चौलागाई, नागरिकका शिवहरि घिमिरे ,सिपोस्ट न्यूज डटकमका प्रधानसम्पादक दिनेश दाहाल  र सञ्चारकर्मी रोहित भण्डारी छन्।

सोही अवसरमा नवजीवनले बौद्धिक अपांग महिलाहरुलाई लत्ताकपडा वितरण गरेको थियो । नवजीवन परोपकार समाजले सडकमा कष्टपूर्ण जीवन बिताउदै आएका सबै प्राणीहरुको उद्वार, उपचार र पुनःस्थापनागर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com