यी हुन् नवदुर्गा


प्रकाशित मिति : आश्विन १६, २०७३ आईतबार

 

बिजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

नवदुर्गा हिन्दु धर्मकी देवी दुर्गाको नौ वटा रूप हो । दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्र भरी विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गरिन्छ । निम्नलिखित श्लोकमा नवदुर्गाको नाम दिइएको छ ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम् ।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिता ।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ।।

skandamata
स्कन्दमाता
chandraghanta
चन्द्रघण्टा
kalratri
कालरात्रि
katyani
कात्यायनी
kushmanda
कुष्माण्डा
mahagauri
महागौरी
shailputri
शैलपुत्री
siddhidatri
सिद्धिदात्री
bramacharini
ब्रह्मचारिणी
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com