यस्तो भयो न्युयोर्कमा नेपथ्य कन्सर्ट (फोटो फिचर )


प्रकाशित मिति : आश्विन १०, २०७३ सोमबार

नेपालीको चर्चित ब्याण्ड नेपथ्यले अमेरिकाको न्युयोर्कमा लाइभ कन्सर्ट गरेको छ । लाइभ इन कन्सर्ट फर पिसको नारासहित शनिबार न्युयोर्कमा लाइभ शो गरिएको हो । न्युयोर्कको म्यानहटनमा रहेको म्यानहटन सेन्टर हम्मेरस्टेन बलरुपमा कार्यक्रम भएको हो । कार्यक्रमको आयोजना बल्र्ड फेशन परेडले गरेको थियो ।

कन्सर्टमा छेक्यो छेक्यो देउराली डाँडा, भेंडाको उनजस्तो, जोमसोमै बजारमा, लाम्पाते सुरती जस्ता चर्चित गीतहरु प्रस्तुत गरिएको थियो । संगितको माध्यमबाट शान्ति फैलाउनेमात्र होइन टिकट बिक्रीको १० प्रतिशत सामुदायिक कार्यमा खर्चिने राजा घिमिरेले जानकारी दिएका छन् ।

अब अक्टोबर १ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपथ्यको प्रस्तुती हुनेछ ।

कन्सर्टका केही तस्विरहरु । तस्विर: नेपथ्य

img_0070 img_0071 img_0072 img_0074 img_0076 img_0077 img_0078 img_0079 img_0080 img_0081 img_0082

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com