डा. बिष्णुमाया परियारलाई साउथ एशियन कम्युनिटी आउटरिच पुरस्कार, ८ दक्षिण एशियाली र अमेरिकन सम्मानित

अमेरिका- साउथ एशियन कम्युनिटी आउटरिच पुरस्कारद्वारा एड्वान संस्थाकी संस्थापक नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारसहित ८ जना दक्षिण एशियाली र अमेरिकन व्यक्तित्वहरु सम्मानित गरिएको छ । साउथ एशियन कम्युनिटी आउटरिच (साको) द्वारा डिसेम्बर २१ तारिख अमेरिकाको न्यू जर्सी राज्यको ईडिसन शहरमा आयोजित वार्शिक ईण्टरफेथ होलिडे उत्सवमा ‘कम्यूनिटी सर्भिस’ (सामाजिक सेवा) पुरस्कारद्वारा सामाजिक अभियन्ता डा. परियार सम्मानित भएकी हुन् ।

सम्मानित अन्य ७ जना दक्षिण एशियाली र अमेरिकन व्यक्तित्वहरुमा सिटिजन अफ दि ईयर पुरस्कारबाट टिभी एशियाका संस्थापक एवं भारत सरकारबाट पद्मश्री पदकद्वारा सम्मानित एच आर शाह; सर्भिस ईम्पाक्ट पुरस्कारबाट ग्लोबल हरायना च्याम्बर अफ कमर्सका अध्यक्ष बलिन्दर सिं कुन्दु; कम्यूनिटी आउटरिच पुरस्कारबाट नासाउ काउन्टी न्यू योर्क माईनोरिटी अफेयर्स कम्ट्रोलर दिलिप चौहान; साउथ एशियन कम्यूनिटी भ्वाईस पुरस्कारबाट वरिश्ठ रेडियो संचारकर्मी कुलराज भुशण आनन्द; सिभिक अवेयरनेस पुरस्कारबाट डा. मोहम्मद जुबेर; सोसल जस्टिस अवार्डबाट जिम्मी स्माईल र कम्यूनिटी लिडरशिप पुरस्कारबाट क्लारिसा रोमेरो छन् ।

Loading...

उक्त समारोहमा सम्मानित व्यक्तित्वहरुलाई न्यू जर्सी राज्यकी सिनेटर लिन्दा ग्रीन्स्टिन, ईडिसन शहर मेयर टोम लाङ्के, नेपाली महाणिज्यदूत मधु मरासिनी, साको संस्थापक साम खानलगायत विशिश्ट अतिथिहरुबाट कदर पत्रद्वारा सम्मान गरिएको थियो । समारोहमा बिबिध धर्म र संम्प्रदायका धर्मगुरुहरुद्वारा सामूहिक प्रार्थना गरिएको थियो भने दक्षिण एशियाली ६ मुलुकहरु नेपाल, ईण्डिया, पाकिस्तान, श्रीलङ्का, बंग्लादेश, माल्दिभस र भुटानको झण्डासहित शान्ती स्काउट मार्च गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...