नृत्य र अभिनयको क्षेत्रमा अगाडि बढ्दै अभिषेक


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

नेपाली कलाकार अनमोल केसीसँग अनुहार मिलेको भन्दै चर्चामा आएका नेपाली युवा अभिषेक श्रेष्ठ आफ्नै क्षमताले नृत्य र अभिनयको क्षेत्रमा अगाडि बढेका छन् । हालै भारतीय चर्चित कलाकार तथा टिभी पर्सनालिटी रणविजय सिंहाको चर्चित शो स्क्वायडरनमा आफ्नो नृत्यकला प्रदर्शन गरेका अभिषेक श्रेष्ठले व्यवसायिक रुपमा नै कला क्षेत्रमा अगाडि बढ्ने योजना बनाएका हुन् ।

नेपालको चर्चित नृत्य प्रतियोगिता वाईवाई लिटल च्याम्पसमार्फत अगाडि आएका अभिषेकले त्यसको ६ बर्षपछि नृत्य र अभिनयको क्षेत्रमा व्यवसायिक रुपमा लाग्ने योजना बनाएका हुन् । तराई टेलिभिजनमा प्रशारित वाईवाई लिटल च्याम्पसमा अभिषेक सेकेण्ड रनरअप भएका थिए । सन् २०११ मा भएको कार्यक्रममा नायक श्रीकृष्ण श्रेष्ठले अभिषेकलाई यसरी अगाडि बढ्दै गएमा नेपाली चलचित्र उद्योगको राम्रो नायक बन्ने बताएका थिए । नायक श्रीकृष्ण श्रेष्ठले के भनेका थिए ? अभिषेकको नृत्य कस्तो थियो ? हेर्नुहोस् भिडियो । 

त्यसपछि विभिन्न कार्यक्रममा एमसी र डान्सरका रुपमा सहभागी भएका उनले पढाईलाई नै बढी जोड दिदै आएका थिए । लिटल एन्जेल्स कलेज हात्तिबनबाट १२ कक्षाको अध्ययन पूरा गरेपछि ब्रिटिस कलेजमा आईटीमा अध्ययन सुरु गर्नु अगाडिको समय उनले आफ्नो क्षमता प्रष्फुटनतिर लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वाईवाई लिटल च्याम्पसमा अभिषेकलाई सेकेण्ड रनर अप घोषणा गरिदै

भारतीय कार्यक्रमहरुका लागि नेपाली कलाकारहरु छनौट गरेर क्षमता प्रदर्शनको अवशर प्रदान ब्लिंक ट्यालेन्ट मेनेजमेन्टमा झण्डै २ महिने तालिम लिइरहेका अभिषेकले सोही कम्पनीमार्फत नै भारतीय शो स्क्वायडरनका लागि नृत्य गरेका थिए । मुम्बईको धानुबाट उनले शोका लागि कुशल नृत्य प्रदर्शन गरेका थिए । हाल उनले ब्लिंक ट्यालेन्ट मेनेजमेन्टमार्फत फेशन, मेकअप र फिटनेशका टिप्सहरु लिइरहेका छन् । केहीदिन अगाडि भारतीय रोडिज विनर श्वेता मेहताले नेपाल आएर उनलाई फिटनेशका टिप्स दिएकी थिइन् भने बलिउड कलाकारका मेकअप आर्टिस्टहरु आएर समेत मेकअपका टिप्सहरु दिइसकेका छन् ।

भक्तपुरको सूर्यविनायकमा बुबाआमासँग बस्दै आएका अभिषेकले सन् २०१४ मा सिड्नी, न्युजील्याण्ड लगायतका देशमा प्रिमियर गरिएको झरना बज्राचार्य अभिनित चलचित्र सेफ ल्याण्डिङमा समेत बालकलाकारको भूमिकामा अभिनय गरेका थिए । अभिनेत्री झरना बज्राचार्य सहित निर्देशक सन्दीप जोसेफ, निर्माताद्धय बसन्त भण्डारी र राहुल अग्रवालको उपस्थितिमा फिल्मको प्रिमियर गरिएको थियो । सो चलचित्रमा अभिषेकसँगै सोनिया जीआर, बिकेल अधिकारी र करण गिरीले समेत बालकलाकारको भुमिका निभाएका थिए । अभिषेकले अभिनयको यात्रालाई पनि अब निरन्तरता दिने योजना बनाएका छन् ।

अभिषेक बाल कलाकारको भूमिकामा खेलेको चलचित्र

हालै चलचित्र कारखानाको कभर गित मायाले बोलेकोमा समेत मोडलिङ गरेका अभिषेकले नृत्य र अभिनयबारे गम्भिर बिष्टलाई गुरुमानेर सल्लाह सुझावहरु लिइरहेका छन् । मैतीदेवीमा रहेको डान्स फिभरका संचालक बिष्टले अभिषेकलाई अभिनयात्रा र मोडलिङका लागि सल्लाह, सुझाव र टिप्सहरु दिने गरेका छन् । अभिषेकले पनि केही अफरहरु आएमा उनीसँगै सुझाव लिन्छन् ।

मायाले बोलेकोमा अभिषेकको मोडलिङ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com