अग्निबाँण क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार किरण मरहठ्ठालाई


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

यसबर्षको अग्निबाँण क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार न्युयोर्क निवासी नेपाली पत्रकार किरण मरहठ्ठालाई प्रदान गरिएको छ । पुरस्कारको संस्थापक अग्निबाँण पाक्षिक र शिवपुरि मिडिया नेटवर्कलेले बुधबार एक विज्ञप्ति मार्फत विजयी पत्रकारको नाम घोषणा गरेको हो ।

विगत १० बर्षदेखी प्रकाशन हुदै आएको अग्निबाँण राष्ट्रिय पाक्षिक यसै बर्षदेखि शिवपुरि मिडिया नेटवर्क मार्फत प्रकाशित हुदै आएको छ । हरेक बर्ष नेपालको पत्रकारिताको विकासमा उत्कृष्ट योगदान गरेको एकजना पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गर्दछ । पुरस्कार बापत नगद रु २५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । गत भदौ १२ गते विभिन्न संचार माध्यममा सुचना जारि गरि पुरस्कारको लागी आवेदन आब्हान गरेको थियो ।

प्राप्त आवेदन मध्येबाट, पुरस्कार छनोट समितिले पत्रकार किरण मरहठ्ठालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको शिवपुरि मिडिया नेटवर्कका अध्यक्ष तथा अग्निबाँणका सम्पादक,प्रकाशक रविन प्रसाद थपलियाले जारी गर्नुभएको वक्तब्यमा जनाइएको छ । मरहठ्ठाले टेलीभिजन कार्यक्रम निर्माण तथा संचालन, रिपोटिङ, स्तम्भलेखन र पुस्तक लेखन मार्फत पत्रकारितामा दिएको विशिष्ट योगदानको मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गरिएको हो । न्युयोर्कको नेपाली महाबणिज्यदुतावास र अमेरिकी नेपालीहरुको चुनौती र अवसरका बारेमा निर्माण गरेको टेलीभिजन कार्यक्रमलाई यो पुरस्कार प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

ती कार्यक्रमहरु मार्फत उनले नेपाली समुदायको समस्या समाधानमा महाबाणिज्यदुतावासले खेल्नुपर्ने भूमीका, अमेरिका आएका नेपालीले शुरुमा समाजमा समायोजन हुन परेको कठिनाइ, अमेरिकामा नेपालीले पाउन सक्ने विभिन्न सरकारी तथा सामुदायिक अवसरहरु, दोहोरो करप्रणालीले लगानीमा पारेको असर र अमेरिकी मुलधारमा समाहित हुन कसरी सकिन्छ भन्ने बिषयहरु उठाएका थिए । उनको उत्कृष्ट प्रस्तुतीकरण र बिषयले पारेको प्रभावलाई मुल्यांकन गरि सो पुरस्कार दिइएको थपलियाले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुटवल एफ.एम.बाट करियर आरम्भ गरेका मरहठ्ठा चर्चित टेलीभिजन प्रस्तोता हुन् । एबिसी टेलिभिजनमा लामो समयको अनुभव बटुलेका उनी पछिल्लो समय विभिन्न छापा तथा अनलाइन मिडियामा पनि संलग्न छन् । विगत १५ बर्षदेखि पत्रकारितामा सक्रिय उनको अन्तर्वाता कला सम्बन्धी “द होप” नामक पुस्तक प्रकाशित छ । उनले विश्वविख्यात फुटबलर लियोनेल मेसी र बार्सीलोना फुटवल क्लवको बारेमा “मेसी द म्यान एट बार्सा” नामक अन्तराष्ट्रिय बृतचित्र निर्माण गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com