लुम्लेको हावाले अमेरिका तताउँदै तिलक बम मल्ल


प्रकाशित मिति : आश्विन ४, २०७४ बुधबार

बलेवा समाज अमेरिकाले दशै तिहारको उपलक्ष्यमा शुभकामना तथा तिलक बम मल्ल साँझ गर्ने भएको छ । समाजले यही आउँदो असोज २९ गते अर्थात अक्टोवर १५ तारिखका दिन तिलक बम मल्ल साँझको आयोजना गर्दैछ ।

दशै तिहारको शुभकामना सहित समाज गठन भएको पहिलो सांगितिक कार्यक्रमका रुपमा तिलक बम मल्ल साँझको आयोजना गर्न लागिएको समाजका अध्यक्ष अनिल अधिकारीले जानकारी दिएका छन् ।

ट्याक्सी गुड्यो सरर् पोखराको बजार, मुटु छुने लुम्लेको हावाले, भोटे ताल्चा मारेर छातिमा लगायत दर्जनौं चर्चित गितका गायक तथा शब्द शंलक मल्ल लोक पप गायकका रुपमा परिचित छन् ।

बलेवा समाजले आयोजना गर्न लागेको कार्यक्रममा अन्य स्थानिय कलाकारको समेत सहभागिता रहने जनाइएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि धनबहादुर खत्रीको संयोजकत्वमा ३ सदस्यीय समितिले समेत बनाईएको छ । समितिको उपसंयोजकमा नवराज पन्त र समिति सदस्यमा डोलेन्द्र पौडेल रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com