डिभी २०२४ का ३८६३ नेपाली विजेतामध्ये ३४३१ जनाले पाए भिसा, बाँकी निराश


प्रकाशित मिति : कार्तिक १८, २०८१ आईतबार

डिभी २०२४ का ३८३६ विजेतामध्ये ३४३१ जना नेपालीले अमेरिकाको डाइभर्सिटी भिसा प्राप्त गरेका छन् भने बाँकीका लागि २०२४ को डिभीमार्फत अमेरिकी सपना समाप्त भएपछि उनीहरु निराश बनेका छन् । भिसा पाउने ३४३१ जना प्राथमिक विजेताहरु र उनीहरुका परिवारका सदस्यसमेत हुन् । त्यसैले भिसा नपाउने नेपाली डिभी विजेताहरुको संख्या ४३२ मात्र नभएर त्योभन्दा बढी हो ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सेप्टेम्बरमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या ३५५ रहेको थियो भने अगस्तमा अत्याधिक ६०१ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए । जुलाई महिनामा २७२ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

अप्रिलमा कुल ३९९ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मे महिनामा २९३ जना र जुन महिनामा ८६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

डिसेम्बरदेखि डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या घट्दो क्रममा थियो । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि कम २६८ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्चमा यो संख्या अझ घटेर १९८ मा झरेको थियो । आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा जम्मा ३ जना र दोश्रो महिना नोभेम्बरमा जम्मा २६१ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए । सन् २०२२ मा डिभी भरेकाहरुले आर्थिक बर्ष २०२४ मा भिसा पाएका हुन् । २०२३ मा भरेकाहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गरेका हुन् ।

आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको थियो  । २०२४ को डिभी लोटरी कार्यक्रम अन्तरगत नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो रहेको थियो  । २०२४ को डिभी लोटरीका लागि एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका थिए ।

२०२४ का लागि नेपाली डिभी विजेताहरुका लागि १३ हजारसम्म केस नम्बर तोकिएकाले १३ हजारभन्दा बढी केस नम्बर हुने डिभी विजेताले भिसा पाएनन् । तर १३ हजारभन्दा कम केस नम्बर भएका कैयन नेपालीहरुले समेत आफ्नो अन्तरवार्ताको पालो नआएको गुनासो गरेका थिए ।

२०२४ का लागि कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाएका छन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन ।

डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।

सेप्टेम्बर ३० पछि २०२४ को डिभी समाप्त भइसकेको छ भने अक्टोबर १ देखि आर्थिक बर्ष २०२५ को डिभी सुरु भइसकेको छ । अमेरिकी संसदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ ।

आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ सीले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

चिठ्ठा पर्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । डिभी अन्तरगत हरेक बर्ष ५५ हजार भिसाहरु उपलब्ध हुन्छन् ।  भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्दैनन् ।

अर्थात् कुनै पनि देशका नागरिकले उक्त आर्थिक बर्षमा प्राथमिक डिभी विजेता र उनीहरुका परिवारका सदस्यहरुसहित ३८५० भन्दा बढीले भिसा प्राप्त गर्न सक्दैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com