डिभी लोटरीमार्फत ग्रिनकार्ड पाउनेबारे युएससीआईएसबाट नीति अपडेट, के छ नयाँ?


प्रकाशित मिति : असार १६, २०८१ आईतबार

युएससीआईएसले अमेरिकाभित्रै रहेर ग्रिनकार्ड प्राप्त गर्न चाहने डिभी विजेताहरुका लागि नयाँ नीति निर्देशिका अपडेट जारी गरेको छ। अपडेट गरिएको नीति निर्देशन तत्कालैदेखि लागु हुने र प्रकाशन मिति वा पछि पेन्डिङ वा दायर गरिने सबै आवेदनहरूमा लागू हुने युएससीआईएसले जनाएको छ ।

यो कदम युएससीआईएसको अध्यागमन नीतिहरूलाई व्यवस्थित गर्ने पहलको एक हिस्सा रहेको र यसले अध्यागमन नीतिहरूलाई सुव्यवस्थित गर्न पहल गरेको युएससीआईएसको भनाई छ । अद्यावधिक गरिएको नीतिका मुख्य विशेषताहरूमा योग्यता सम्बन्धि आवश्यकताहरू, ग्रिनकार्डमा समायोजनका अवरोधहरु, छूटका आवश्यकताहरू, आवश्यक प्रमाणहरू लगायत डिभीमा आधारित ग्रिनकार्ड आवेदनहरूको लागि न्यायिक प्रक्रियामा विस्तृत मार्गदर्शन समावेश गरिएको छ।

नयाँ अपडेटले भिसा उपलब्धता, अग्रिम सूचनाको प्रक्रिया, र करेन्ट भएका डिभीका केस नम्बरहरूको आधारमा भिसाको वाडफाडमा स्पष्टीकरण प्रदान गरेको छ । डिभी कार्यक्रमका आवेदका परिवारका सदस्यहरु र २१ बर्ष उमेर पुग्न लागेका आवेदकका छोराछोरीहरुलाई संरक्षण प्रदान गर्ने ऐनका प्रावधानहरूको सान्दर्भिकताको बारेमा जानकारी पनि समावेश छ। यो अपडेटले अवस्थित नीतिहरू परिवर्तन नगर्ने तथा नयाँ नियमहरू सिर्जना गर्ने उद्देश्य नराख्ने प्रष्ट पारिएको छ ।

डिभी विजेताका रूपमा ग्रिनकार्ड पाउन आवेदकहरूले विभिन्न कागजातहरू पेश गर्नुपर्छ। यसमा शुल्क सहितको आवेदन फारम आई ४८५, डिभीमा छनोट भएको विदेश मन्त्रालयको प्रमाण, विदेश मन्त्रालयलाई प्रशोधन शुल्क भुक्तानी गरेको रसिद, शिक्षा वा कार्य अनुभव आवश्यकताहरू पूरा गरेको प्रमाण, दुईवटा पासपोर्ट साइजको फोटो, परिचय पत्र, जन्म प्रमाणपत्र र राहदानी पेश गर्नुपर्छ । थप रूपमा अमेरिका आगमनदेखि वैध स्थितिको कागजात, आई ९४, मेडिकल रिपोर्ट, पुलिस रिपोर्ट लगायतका कागजातहरु पनि आवश्यक पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Screenshot

डिभी विजेताहरुले ग्रिनकार्ड पाउनका लागि स्पोन्सर फर्म भर्न आवश्यक हुँदैन । तर पनि अधिकारीहरूले पब्लिक चार्ज बन्ने अर्थात् सरकारी सुविधा लिने सम्भावनाको मूल्याङ्कन गर्नेछन्। मुख्य आवेदकसँग आवेदन गर्ने दम्पत्ति र बच्चाहरू भएमा उनीहरुको सम्बन्ध पुष्टी गर्ने थप कागजात चाहिन्छ । तर डिभी भर्दा उनीहरुको विवरण समावेश गरेको हुनुपर्छ ।

डाइभर्सिटी भिसा कार्यक्रम मार्फत ग्रीन कार्ड प्राप्त गर्नका लागि, विजेताहरूले योग्यता आवश्यकताहरू पूरा गर्नुपर्छ र सम्बन्धित आर्थिक वर्षको अन्त्यसम्ममा आवेदन फाइल गर्नुपर्छ । युएससीआईएसले अधिकांश आवेदकहरूको अन्तर्वार्ता लिन्छ र भिसा नम्बर उपलब्ध भएमा आवेदन स्वीकृत गर्छ। अस्वीकार भएमा अपिल गर्ने प्रकृया छैन तर त्यो बर्षका लागि भिसा बाँकी रहेको खण्डमा आवेदकहरूले आफ्नो आवेदन पुन खोल्न प्रयास गर्न सक्छन् ।

डाइभर्सिटी भिसा कार्यक्रम मार्फत ग्रीन कार्ड खोज्ने आवेदकले आवेदन फारम आई ४८५ ई ठीकसँग फाइल गर्न आवश्यक छ। आवेदक पहिले नै भिसा लिएर अमेरिका प्रवेश गरेको हुनुपर्छ। आवेदकले आवेदन दिँदा भौतिक रूपमा अमेरिकामा उपस्थित हुनुपर्छ । आवेदकको केस नम्बर करेन्ट भएको हुनुपर्छ भने आवेदकसँग आफ्नो स्थिति समायोजन गर्नबाट रोक्नको लागि कुनै कानुनी कारणहरू हुनु हुँदैन । स्थायी बसोबासको लागि अमेरिकामा स्वीकार्य हुनुपर्छ। त्यसो भएमा उनीहरुले ग्रिनकार्ड प्राप्त गर्न सक्छन् ।

यदि डिभी परेको व्यक्तिको स्थिति समायोजन गर्नु अघि नै मृत्यु भएमा दम्पत्ति र बच्चा ग्रिनकाडए पाउन योग्य हुँदैनन् । अध्यागमन र राष्ट्रियता ऐनले मृतक निवेदकका परिवारका सदस्यहरू वा भिसा याचिकाका केही प्रमुख लाभार्थीहरूलाई सुरक्षा प्रदान गर्दछ । तर यी सुरक्षाहरू डिभीको सन्दर्भमा भने लागु हुँदैनन् ।

सम्पूर्ण अपडेट पढ्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com