अमेरिकी विदेश मन्त्रालयले २०२० र २०२१ का डिभी विजेताको केस रेकर्ड तत्काल नहटाउने


प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

अमेरिकी विदेश मन्त्रालयले २०२० र २०२१ का भिसा नपाएका डिभी विजेताको केस रेकर्ड तत्काल नहटाउने भएको छ । मुद्दा समाप्त नभएसम्मका लागि अमेरिकी विदेश मन्त्रालयले डिभी विजेताहरुको रेकर्ड प्रणालीमा नै राख्ने भएको छ । सामान्तया निश्चित आर्थिक बर्षका लागि डिभी कार्यक्रम समाप्त भएपछि केस रेकर्ड हटाउने गरिन्छ ।

मंगलबार वासिंटन डिसीमा रहेको पुनरावेदन अदालतले बाइडेन प्रशासनका पक्षमा फैसला गर्दै भिसा पाउन बाँकी रहेका २०२० र २०२१ का डिभी विजेतालाई भिसा दिन नसकिने निर्णय गरेको थियो । २०२० र २०२१ का डिभी विजेताका मुद्दाहरूमा पुनरावेदन अदालतले तल्लो अदालतको निर्णयलाई मंगलबार उल्टाएको थियो ।

तल्लो अदालतका न्यायाधीश मेहता र न्यायाधीश चुटकनले गरेको आदेशविरुद्ध बाइडेन प्रशसनले पुनरावेदन गरेको थियो । मंगलबारको फैसलासँगै २०२० र २०२१ का झण्डै २० हजार भिसा पाउन बााकी रहेका डिभी विजेताहरुको अध्यागमन यात्रा थप अनिश्चित भएको छ । यद्यपी यसबारेमा थप मुद्दाहरु पर्नसक्ने सम्भावनालाई मध्यनजर गरेर अमेरिकी विदेशमन्त्रालय केस रेकर्ड भने कायमै राख्ने भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक वर्ष २०२० र २०२१ समाप्त भएपछि वादीहरूले डाइभर्सिटी भिसाका लागि आफ्नो योग्यता गुमाएको र डिस्ट्रिक्ट कोर्टहरुले यी स्पष्ट वैधानिक समयसीमाहरू ओभरराइड गर्नको लागि एक न्यायोचित अधिकार दाबी गर्न गल्ती गरेको अदालतको फैसलामा उल्लेख छ । त्यसैले सरकारलाई चुनौती दिएका डिस्ट्रिक्ट कोर्टका आदेशहरूलाई उल्टाउने अदालतको आदेशमा भनिएको छ ।

वासिंटन डिसीको पुनरावेदन अदालतमा यसबारेको मुद्दा लामो समयदेखि विचाराधिन रहेको थियो ।  डिभी २०२० र २०२१ का विजेतालाई भिसा जारी गर्न अमेरिकी सरकारले आवश्यक प्रविधि भने जडान गरिसकेको थियो ।  विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले सबै अदालतमा पेश गरेको कागजातमा विगतका बर्षका डिभीलाई प्रकृयामा लैजानका लागि प्रविधिमा आवश्यक सुधार गरिसकेको  थियो ।

अदालतको फैसलासँगै अमेरिकी विदेश मन्त्रालयले डिभी २०२० र २०२१ सँग सम्बन्धित केसहरु प्रशोधन नगर्ने प्रष्ट पारिसकेको छ । प्रभावित व्यक्तिले योग्य भएको खण्डमा डिभी २०२६ को कार्यक्रममा भाग लिनसक्ने र त्यसका लागि आगामी अक्टोबरमा खुल्ने डिभी भर्नुपर्ने विदेश मन्त्रालयको भनाई छ । आगामी अक्टोबरमा खुल्ने डिभी नोभेम्बरको पहिलो साता बन्द हुनेछ । भिसा नपाएका डिभी विजेताहरु ती कार्यक्रममा भाग लिन योग्य हुन सक्छन् ।

सन् २०२१ को अगस्त १७ मा तल्लो अदालतले डिभी २०२० का ९०९५ भिसा संरक्षणका लागि आदेश दिएको थियो । त्यसपछि अक्टोबर २३ मा जारी गरिएको आदेशमा यी भिसाहरु सन् २०२२ को सेप्टेम्बर ३० अगाडि जारी गर्न आदेश दिइएको थियो । तर २०२२ को अप्रिल ५ मा पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी सुरु गर्न नपर्नेगरी अदालतले आदेश दिएको थियो ।

सन् २०२१ को सेप्टेम्बर २७ मा अदालतले कार्यकारी आदेशका कारण भिसा जारी हुन नसकेका २७ दुतावास र पोष्टका लागि डिभी २०२१ का ९६६ भिसा संरक्षणका लागि आदेश दिएको थियो । सन् २०२१ कै अक्टोबर २० मा यी भिसाहरु सकभर छिटो जारी गर्न आदेश दिइएपनि सन् २०२२ को अप्रिल ६ को आदेशमा पुनरावेदनको फैसला नआउँदासम्म भिसा जारी गर्न प्रतिक्षा गर्नसकिने व्यवस्था गरिएको थियो ।

त्यस्तै सन् २०२१ सेप्टेम्बर ३० को आदेशमा ६ हजार ९ सय १४ भिसा संरक्षणको आदेश दिइएको थियो । तर यसका सन्दर्भमा पनि  अप्रिल १८ मा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो । त्यस्तै सन् २०२१ को सेप्टेम्बर ३० कै आदेशमा ४८१ भिसा संरक्षणको आदेश दिएपनि २०२२ को अप्रिल ६ को आदेशमा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com