अगस्तका लागि समेत डिभी विजेता नेपालीलाई सिमाबन्दी, १२ हजारभन्दा माथि केस नम्बर हुने अन्यौलमा


प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार

सामान्यतया अगस्त महिनाका लागि सबै डिभी विजेता नेपालीहरुको केस नम्बर करेन्ट हुने वा केस नम्बरको सिमाबन्दी कममात्र रहने भएतापनि यसपटक भने अगस्तका लागि १२ हजारसम्म केस नम्बर हुने नेपालीहरुले मात्र भिसाका लागि अन्तरवार्ता प्राप्त गर्नसक्ने भएका छन् । सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने कानुनी प्रावधान र अमेरिकी दूतावास काठमाडौमा कायम ब्याकलगका कारण १२ हजारभन्दा माथि केस नम्बर हुने नेपालीहरु अन्यौलमा परेका छन् ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले प्रकाशित गरेको जुलाई भिसा बुलेटिन अनुशार जुलाईमा १० हजार २ सय ५० सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा पाउन सक्नेछन् । सन् २०२२ मा अगस्तदेखि नै केसनम्बरमा लगाइएको सिमाबन्दी हटाइएको थियो भने २०२३ को अगस्तमा २० हजार ५ सयसम्म केस नम्बर हुने नेपालीहरुलाई भिसा प्रदान गरिएको थियो ।

कोरोना महामारी र विभिन्न कानूनी दाउपेचकाबीच डिभी २०२१ का विजेताहरुलाई भने इतिहासमा नै सबैभन्दा कम भिसा जारी गरिएको थियो । झण्डै ५ महिनासम्म अमेरिकाले डिभी २०२१ का विजेतालाई भिसा जारी गरेको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चालु आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ । नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । सन् २०२२ को अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले अहिले भिसा पाइरहेका छन् ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए ।

कति नेपालीले पाए डाइभर्सिटी भिसा?

अप्रिलमा कुल ३९९ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् ।  डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि कम २६८ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।

मार्चमा यो संख्या अझ घटेर १९८ मा झरेको थियो । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा जम्मा ३ जना र दोश्रो महिना नोभेम्बरमा जम्मा २६१ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए ।

७ महिनाको अवधिमा १८५४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका छन्  । मेको अनुमानित संख्या जोड्दा २ हजार नाघेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com