ज्याक्सनहाइटमा नेपालीलाई ७० लाख डलरको चिठ्ठा


प्रकाशित मिति : भाद्र १५, २०७४ बिहीबार

न्युयोर्कको उडसाइडमा बस्दै आएकी २६ बर्षकी नेपाली यांगी शेर्पाले ७० लाख डलरका चिठ्ठा पारेकी छिन् । उनले न्युयोर्कको ज्याक्सनहाइटमा रहेको प्रोन्टो फुडमार्टबाट सो चिठ्ठा किनेकी थिइन् ।

प्रोन्टो फुडमार्ट ७४ स्ट्रीट र ब्रोडवेमा रहेको छ । क्यासफर लाइफ नामको चिठ्ठाबाट उनले सो रकम जितेकी हुन् । उनले आफूले किनेको टिकटले ७ मिलियन जितेको थाहा पाएपछि घरमा आएर चारपाँच पटकसम्म रुजु गरेको बताइन् ।

शेर्पाले एकमुष्ठ रकम लिने गरी सहमति जनाएकी छिन् । जसअनुशार उनले झण्डै ४३ लाख डलर प्राप्त गर्नेछिन् । उनले जितेको रकमबाट परिवारका लागि नयाँ घर किन्ने योजना बनाएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com