आज न्युयोर्कमा महापूराणको अन्तिम दिन, १ मिलियन डलर दानको लक्ष्य नजिक


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन सत्यनारायण मन्दिरमा जारी महापुराणको आज अन्तिम तथा सातौं दिन हो । समापनको दिनमा न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा दिउसो २ बजे उपस्थीत हुन आयोजकले संस्थाका संस्थापक, आजिवन सदस्यहरु, पूर्व अध्यक्षहरु, सदस्य, साधारणसदस्यहरु, सल्लाहकार, चन्दादाता, संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायत सबैलाई उपस्थीत हुन अनुरोध गरेका छन् ।

१० लाख डलर संकलनको लक्ष्यसहित सुरु गरिएको महापुराणमा दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माणका लागि ६ दिनमा ९ लाख ८ हजार ८ सय ७५ डलर ८३ सेन्टस डोनेशनको प्रतिबद्धता प्राप्त भइसकेको छ । सातौं दिन १० लाख डलर संकलनको लक्ष्य पनि पूरा हुने अपेक्षा गरिएको छ ।

महापुराणको पहिलो दिन २० हजार २ सय ६ डलर ५० सेन्ट, दोश्रो दिन १ लाख ४३ हजार २ सय ४० डलर ५४ सेन्ट, तेश्रो दिन ४४ हजार ६ सय ५२ डलर, चौथो दिन १ लाख ३ हजार ३ सय १५ डलर, पाँचौ दिन ३ लाख ७३ हजार ४ सय ७२ डलर ९१ सेन्ट र छैठौं दिन २ लाख २३ हजार ९ यि ८८ डलर ८८ सेन्ट सहयोग रकमको प्रतिवद्धता प्राप्त भएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै रकमको प्रतिबद्धता जनाउनेमा प्रवासी नेपाली मञ्च अमेरिका सबैभन्दा अगाडि रहेको छ । पाँचौं दिन प्रवासी नेपाली मञ्च अमेरिकाले १ लाख ११ हजार १ सय ११ डलर ११ सेन्टस प्रदान गर्ने घोषणा गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दाताले किस्ताबन्दीमा रकम दिनसक्ने व्यवस्था समेत गरिएको छ । बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद भागवत महापुराणको बाचन गरिरहनुभएको छ ।

सन् २०१० मा न्युयोर्कमा आयोजित महापुराणमा उपस्थीतहरुले झण्डै ६ लाख डलर डोनेशनको घोषणा गरेका थिए । जसमध्ये संकलित झण्डै ४ लाख डलरबाट मन्दिर र सांस्कृतिक केन्द्र बनाउन जग्गा खरिद गरिएको छ । सन् २०११ मा ५ हजार बर्गफुटको जग्गा खरिद गरिएको हो । त्यही जग्गामा सांस्कृतिक केन्द्र र मन्दिर बनाउन सत्यनारायण मन्दिरमा महापुराण भइरहेको छ । अबको दुईबर्षभित्र निर्माण कार्य पूरा गरिने रिजउड नेपाली समाजले जनाएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com