न्युयोर्क महापुराणमा ९ लाख डलर दान, १ दिन बाँकी


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन सत्यनारायण मन्दिरमा जारी महापुराणको ६ दिनमा ९ लाख ८ हजार ८ सय ७५ डलर ८३ सेन्टस डोनेशनको प्रतिबद्धता प्राप्त भएको छ । अब महापुराणको एकदिनमात्र बाँकी छ ।

महापुराणको पहिलो दिन २० हजार २ सय ६ डलर ५० सेन्ट, दोश्रो दिन १ लाख ४३ हजार २ सय ४० डलर ५४ सेन्ट, तेश्रो दिन ४४ हजार ६ सय ५२ डलर, चौथो दिन १ लाख ३ हजार ३ सय १५ डलर, पाँचौ दिन ३ लाख ७३ हजार ४ सय ७२ डलर ९१ सेन्ट र छैठौं दिन २ लाख २३ हजार ९ यि ८८ डलर ८८ सेन्ट सहयोग रकमको प्रतिवद्धता प्राप्त भएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै रकमको प्रतिबद्धता जनाउनेमा प्रवासी नेपाली मञ्च अमेरिका सबैभन्दा अगाडि रहेको छ । पाँचौं दिन प्रवासी नेपाली मञ्च अमेरिकाले १ लाख ११ हजार १ सय ११ डलर ११ सेन्टस प्रदान गर्ने घोषणा गरेको थियो ।

महापुराणमार्फत दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माणका लागि १० लाख अमेरिकी डलर संकलनको लक्ष्य राखिएको छ । दाताले किस्ताबन्दीमा रकम दिनसक्ने व्यवस्था समेत गरिएको छ । बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद भागवत महापुराणको बाचन गरिरहनुभएको छ ।

सन् २०१० मा न्युयोर्कमा आयोजित महापुराणमा उपस्थीतहरुले झण्डै ६ लाख डलर डोनेशनको घोषणा गरेका थिए । जसमध्ये संकलित झण्डै ४ लाख डलरबाट मन्दिर र सांस्कृतिक केन्द्र बनाउन जग्गा खरिद गरिएको छ । सन् २०११ मा ५ हजार बर्गफुटको जग्गा खरिद गरिएको हो । त्यही जग्गामा सांस्कृतिक केन्द्र र मन्दिर बनाउन सत्यनारायण मन्दिरमा महापुराण भइरहेको छ । अबको दुईबर्षभित्र निर्माण कार्य पूरा गरिने रिजउड नेपाली समाजले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com