वेष्ट डायस्पोरा अवार्ड नायक बस्नेतलाई


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

नेपाली सिनेमा चर्चित नायक बिक्रान्त बस्नेत वेष्ट डायस्पोरा नायक अवार्डबाट सम्मानित भएका छन् । नेपाली सिनेमामा सक्रिय नायक बस्नेत अमेरिकास्थित डेनभर क्लोराडोमा सम्पन्न दोश्रो ग्लोबल नेपाली फिल्म अवार्डमा सम्मानित भएका हुन् ।

डेढ दशकदेखी नेपाली चलचित्र क्षेत्रमा काम गर्दै आएका बस्नेत हाल न्यूयोर्क निवासी हुन् । उनले आफुले पाएको सम्मान सम्पूर्ण नेपाली सिनेमाका दर्शकहरुको माया भएको बताएका छन् ।

बस्नेतले खसोखाससंग भने मैले गरेको मेहेनत नेपाली सिनेमालाई माया गर्ने दर्शकले मन पाईदिनुभयो, त्यही मायाले अमेरिकामा सम्पन्न ग्लोबल अवार्डबाट सम्मानित भएँ । यस्तै माया पाईरहुँ, भोलीका दिनमा तपाईहरुलाई थप सिनेमाहरु लिएर आउने छु ।

बस्नेतले दिपक रायमाझीद्धारा निर्देशित चलचित्र बज्रपात, शोभित बस्नेतको मिसन लभ इन सिक्किम र बारुद, मुकेश दाहालको चलचित्र पल पलमा, मदन घिमिरेको मिस्टर डन, सुमित्र श्रेष्ठको प्रेम युद्ध लगायतका दर्जनौं सफल चलचित्रमा अभिनय गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनि हाल अमेरिकामा बिभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहेर आफ्नो अभिनयलाई निरन्तरता दिएका छन् । उनले अमेरिकामा छायाँकन गरेर नयाँ चलचित्र बनाउने बताएका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com