खसोखास साप्ताहिकसहित प्रधान र श्रेष्ठ सम्मानित


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

नेपाली समाज र अन्य क्षेत्रमा योगदान दिने दुईजना र एक संस्थालाई न्युयोर्कमा सम्मान गरिएको छ । एन एण्ड जे इन्टरटेन्मेन्ट इन्क अमेरिकाले त्यस्तो सम्मान प्रदान गरेको हो । नेपाली महावाणिज्यदूतावास न्युयोर्कका महावाणिज्यदूत मधुकुमार मरासिनीले सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा आयोजित कार्यक्रममा सर्वसाधारणलाई विश्वसनीय सुचना प्रदान गरेबापत अमेरिकाको सबैभन्दा उत्कृष्ट नेपाली म्यागाजिनका रुपमा खसोखास साप्ताहिकलाई सम्मान गरिएको थियो । जसको सम्मानपत्र प्रधानसम्पादक किशोर पन्थीले ग्रहण गर्नुभएको थियो । खसोखास साप्ताहिक विदेशबाट नेपाली भाषामा प्रकाशित भइरहेको पहिलो साप्ताहिक म्यागेजिन हो ।

त्यस्तै एनआरएन बोर्ड सदस्य बिष्णुमान प्रधानलाई पनि कार्यक्रममा सम्मान गरियो । सन् २०१५ को महाभुकम्पमा आमासहित परिवारका कैयन सदस्य गुमाएका प्रधानको सामाजिक कार्यको प्रसंसा गर्दै सम्मानपत्र प्रदान गरिएको हो । त्यसैगरी भगवान बुद्धबारे अनुसन्धानमुलक पुस्तक लेख्ने डाक्टर कविताराम श्रेष्ठलाई कार्यक्रममा सम्मान गरिएको थियो । उहाँको उपन्यास लाइट अफ द हिमालयज बुद्धले बुद्धत्व प्राप्त गरेको विषयमा विश्वसनीय श्रोत बनेको छ । डाक्टर मधुकृष्ण श्रेष्ठले कविताराम श्रेष्ठका तर्फबाट सम्मान ग्रहण गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फोटो : अशोक पन्त

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com