अक्टोबरमा काठमाडौंबाट डाइभर्सिटी भिसा शुन्य, १६७५ जनालाई भिजिटर भिसा


प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको खुलासा भएको छ । यद्यपी काठमाडौंबाहेक अन्य क्षेत्रबाट भने ३ जना नेपालीहरुले अक्टोबरमा डाइभर्सिटी भिसा प्राप्त गर्न सफल भएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

सामान्यतया डिभी २०२४ का विजेताहरु अक्टोबर १ बाट भिसा पाउन योग्य हुने भएतापनि अमेरिकी दूतावास काठमाडौंले भने पहिलो महिना कसैलाई पनि भिसा नदिएको हो । गतबर्ष पनि अमेरिकी दूतावास काठमाडौंले पहिलो महिना कसैलाई पनि डाइभर्सिटी भिसा प्रदान गरेको थिएन । सामान्यता जनवरीबाट अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताहरुलाई उल्लेख्य संख्यामा भिसा प्रदान गर्दै आएको छ ।

अक्टोबरमा अमेरिकी नागरिकका दम्पत्तिहरुलाई भने उल्लेख्य संख्यामा आप्रवासी भिसा प्रदान गरिएको छ । काठमाडौंबाटमात्र यो श्रेणीमा २८८ जनालाई भिसा प्रदान गरिएको थियो भने अमेरिकी नागरिकका बाबुआमालाई पनि सबैभन्दा धेरै आप्रवासी भिसा प्रदान गरिएको छ । अक्टोबरमा यो श्रेणीमा काठमाडौंबाटमात्र ३३० जनाले आप्रवासी भिसा पाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै अक्टोबरमा अमेरिकी दूतावास काठमाडौंले भिजिटर र विद्यार्थी भिसा पनि उल्लेख्य संख्यामा जारी गरेको छ । काठमाडौं दूतावासले अक्टोबरमा १६७५ जनालाई भिजिटर भिसा जारी गरेको छ भने ४९५ जनालाई विद्यार्थी भिसा जारी गरेको छ । सेप्टेम्बरसम्म २०२३ को डाइभर्सिटी भिसामा बढी ध्यान केन्द्रीत गरेपनि अक्टोबरदेखि भने अन्य श्रेणीका भिसामा दूतावासले बढी अप्वाइन्टमेन्ट उपलब्ध गराएको थियो ।

डिभी २०२४ का विजेता नेपालीहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने गरी  अक्टोबर र नोभेम्बरमा १३ सय सम्म केस नम्बर तोकिएको थियो । आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ । आर्थिक बर्ष २०२३ का लागि ३८०८ जनाले डिभी लोटरी पारेका थिए । २०२४ मा पनि नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका छन् ।

नेपाली पासपोर्ट

नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । गतबर्षको अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com