अमेरिकी सरकारबाट संसदले तोकेको ५५ हजार कोटाभन्दा १०३८ बढीलाई डाइभर्सिटी भिसा प्रदान


प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार

अमेरिकी सरकारले आर्थिक बर्ष २०२३ का डिभी विजेताहरुका सन्दर्भमा संसदले तोकेको ५५ हजार कोटाभन्दा १०३८ बढीलाई डाइभर्सिटी भिसा प्रदान गरेको खुलासा भएको छ । अन्तरवार्ता दिइसकेपछि पनि एडमिनिस्ट्रेटिभ प्रोसेसमा अड्किएका डिभी लोटरी विजेताको एक मुद्दामा सरकारका तर्फबाट दायर गरिएकोमा घोषणामा यसको खुलासा भएको हो ।

बाइडेन प्रशासनले डिभी २०२३ का लागि ५६ हजार ३८ डाइभर्सिटी भिसाहरू जारी गरिएको छ । यो संख्या अमेरिकी संसदले तोकेको डाइभर्सिटी भिसाको सिमाबन्दी भन्दा १०३८ ले बढी हो । केही दिन अगाडिमात्र अमेरिकी विदेश मन्त्रालयले ५५ हजारको कोटा पूरा हुन लागेको भन्दै सुचना जारी गरेको थियो । फलस्वरूप पछिल्ला केही दिनहरूमा विश्वभरका अमेरिकी दूतावासहरूले डिभी विजेताहरुका लागि तय गरिएका ४ हजार भन्दा बढी अन्तर्वार्ताहरू रद्द गरेका थिए ।

भिसा कोटाको सिमाबन्दी नाघ्नु सरकारका लागि कानुनी नभएकाले रिपब्लिकनहरुले यसबारे कदम चाल्नसक्ने आशंका गरिएको छ । आफ्नो कार्यकालको पहिलो दिनमा राष्ट्रपति जो बाइडेनले संसदमा पठाएको अध्यागमन बिलमा डाइभर्सिटी भिसाको सीमा ५५ हजारबाट बढाएर ८० हजार बनाउने प्रस्ताव गरेपनि उक्त बिल पारित भइसकेको छैन ।

बाइडेन प्रशासनले कोटाभन्दा बढी डिभी विजेतालाई भिसा प्रदान गरेको यो लगातार दोस्रो वर्ष हो । गत आर्थिक बर्ष २०२२ मा पनि ५४ हजार ३ सय ३४ डाइभर्सिटी भिसा अमेरिकी विदेश मन्त्रालयले र १४४० जना विजेतालाई युएससीआईएसले स्थीति समायोजन गरेको थियो । अर्थात् कोटाभन्दा ७७४ जना बढीले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए । यद्यपी भिसा पाइसकेका कसैलाई पनि रोकिएको भने थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी अध्यागमन कानून अन्तर्गत कुनै पनि एउटा देशले कुनै एक आर्थिक वर्षमा उपलब्ध भिसा संख्याको सात प्रतिशत भन्दा बढी प्राप्त गर्न नसक्ने भएकाले अल्जेरिया र नेपाल जस्ता केही देशहरू यो कोटाको नजिक पुगेकाले देश विशिष्ट संख्यात्मक सीमाहरू नाघ्नबाट बच्न भिसा अप्वाइन्टमेन्टहरु रद्द गरिने अमेरिकी विदेश मन्त्रालयको बताएको थियो ।

कुनै पनि आर्थिक बर्षका लागि सेप्टेम्बरको अन्तिमसम्म भिसा जारी गर्न सकिने भएतापनि यो बर्ष आर्थिक बर्ष सकिनु ३ साता अगाडि नै सबै डाइभर्सिटी भिसाहरु जारी गरिएको हो । डिभी कार्यक्रम तीनसाता अगाडि नै समाप्त हुँदा भिसा प्राप्त गर्न असमर्थ भएका डिभी विजेताहरुका लागि निराशाजनक हुनसक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

डिभी २०२५ का लागि अक्टोबरको सुरुमा आवेदन खुलाइने उल्लेख गर्दै अमेरिकी विदेश मन्त्रालयले आवेदन दिन योग्य सबैलाई डिभी भर्न प्रोत्साहन गरेको छ । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको थियो । तर उनीहरुमध्ये कतिजनाले भिसा पाए भन्नेबारे पूर्ण विवरण सार्वजनिक भएको छैन ।

मे महिनामा उल्लेख्य संख्यामा नेपाललाई डाइभर्सिटी भिसा दिएको अमेरिकाले जुन र जुलाईमा भने अत्यन्तै कम नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिएको थियो । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार मे मा ६९६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएकोमा जुनमा जम्मा १३१ जना र जुलाईमा जम्मा १३७ जना मात्र नेपालीले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।

आर्थिक बर्ष २०२३ को १० महिनामा २९१३ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो । अप्रिलमा ८२० जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो जुन मार्च महिनाको तुलनामा दोब्बरभन्दा धेरै हो । मार्चमा ३७२ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जना नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिइएपनि डिसेम्बर, जनवरी र फरबरीमा भने ७५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको हो ।

डिसेम्बरबाट डाइभर्सिटी भिसा दिन सुरु गरिएकोमा उक्त महिना १३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । जनवरीमा ३३२ जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फरबरीमा यो संख्या केही कम देखिएको थियो । फरबरीमा २८७ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा पाएका छन् ।

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर र नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले २०२१ को अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com