सुनिता शर्माको ‘क्लाइडस्कोप अफ लाइफ’, अहिलेसम्म बिक्रिबाट साढे २ लाख, पचास प्रतिशत रकम महिला शशक्तिकरणमा


प्रकाशित मिति : भाद्र १८, २०७३ शनिबार

अमेरिकाको न्युयोर्क निवासी साहित्यकार सुनिता शर्मा बसुधाको कविता संग्रह क्लाइडस्कोप अफ लाइफ (जीवनको बहुरुपदर्शक) बजारमा आएको छ । शर्माको यो पहिलो पुस्तक हो ।

१७० पृष्ठको यो पुस्तकमा ७० वटा कविताहरु संग्रहित छन् । उनका कवितामा प्रकृति, आध्यात्म, जीवन दर्शन, प्रेम, भावना, मानव अधिकार, महिला शशक्तिकरण लगायतका विषयहरु झल्किन्छन् ।

‘आइ एम अ वुमन’ र ‘आइ एम अ वुमन अफ द ट्वान्टी फस्ट सेन्चुरी’ शर्माका सिग्नेचर कविताहरु हुन् ।

महिला शशक्तिकरणको विद्यार्थी सुनिता शर्माले यसै सम्बन्धी अध्ययन र महिला शशक्तिकरणका पक्षमा काम गर्दै आएकी छिन् ।

महिलाले पनि आफ्नै तरिकाले पुरुषसरह बाँच्नुपर्छ भन्ने सहअस्तीत्वको पक्षमा रहेकी सुनिता नारीवादी साहित्यकार हुन् । तर उनी भन्छिन् – ‘म पुरुषको विरुद्धमा छैन । नारी र पुरुष सहयात्रीको रुपमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । तर हामी पाटृरनरको रुपमा जान सक्छौं सहयात्रीको रुपमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । कोही सुपेरियर छैन र कोही इन्फेरियर छैन ।’

Sunita

पुस्तकको विमोचन गर्दै एनआरएन अध्यक्ष शेष घले ।


कवितासँग्रहको विमोचन एनआरएनएका अध्यक्ष शेष घलेले गरेका थिए । संसारभरका एनआरएन नेताहरु उपस्थीत एनआरएनएको न्युजर्सी क्षेत्रीय सम्मेलनमा कवितासँग्रहको लोकार्पण गर्न पाउँदा आफूलाई निकै खुशी लागेको साहित्यकार शर्माले बताइन् । उनले भनिन् – ‘यस्तो ग्लोबल फोरममा पुस्तक विमोचन गर्न पाउँदा अझ शशक्तिकरणको अनुभव भएको छ ।’

कवितासँग्रहको विमोचन गर्दै घलेले सुनिता शर्मालाई बधाई तथा शुभकामना दिएका थिए । पुस्तक बिक्रिबाट संकलित ५० प्रतिशत रकम एनआरएनको महिला शशक्तिकरण कोषमा जाने र त्यो रकम महिला शशक्तिकरणमा खर्च हुने सुनिताले घोषणा गरेकी छिन् ।

अहिलेसम्म झण्डै २ लाख पचास हजार रुपैयाको पुस्तक बिक्रि भइसकेको छ भने महिला शशक्तिकरण कोषमा त्यसबाट झण्डै १ लाख २५ हजार रुपैया जानेछ ।

लुलु प्रेसले प्रकाशन गरेको पुस्तकको मुल्य सिधा किन्दा १० डलर र अनलाइनमा किन्दा पाँच डलर राखिएको छ । पुस्तक अमेजन लगायतका अनलाइनहरुमा किन्न सकिन्छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com