अमेरिकामा नेपाली बालबालिकाको कविता प्रतियोगताका साथ मनाइयो भानु जयन्ती


प्रकाशित मिति : श्रावण १०, २०७४ मंगलबार

नर्थ क्यरोलाइनाको केरी शहरमा बालकविता प्रतियोगिता, आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यमा योगदानमाथि प्रवचन, भानुभक्तीय रचना पाठ र स्थानीय साहित्यकारहरूको कविता वाचन गरी आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती मनाइयो । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनोज प्रधानको सभापतित्व र नम्रता आचार्यको उद्घोषणमा संचालित कार्यक्रममा पहिलो चरणमा किन्डरगार्टेनदेखि १२ कक्षासम्मका बालबालिकाहरूको सहभागीतामा बालकविता प्रतियोगिता गरिएको थियो । प्रतियोगीहरूले “नेपाल” सम्बन्धि आ-आफ्ना कविता प्रस्तुत गरेका थिए।

बिषयवस्तु, भाव, प्रस्तुति समेतलाई मुल्यांकन गरी विक्रम गौतम, शिशिर खनाल र स्मृति पोख्रेल समेतको निर्णायक मण्डलको निर्णायको आधारमा एलिमेन्ट्र्रीको केजीदेखि दुइ कक्षा सम्मको तहबाट शुभम ढुंगेल प्रथम र श्रेया ढकाल द्वितिय, तीनदेखि पांच कक्षा समुहबाट प्रोग्रेस प्रधान प्रथम, संबृदि संग्रौला द्वितिय भएका थिएभने मिडिल स्कूलबाट अल्वर्ट बस्ताकोटी प्रथम, सुहानी ढुंगेल द्वितिय र सगुन आचार्य त्रितिय भएका थिए । साथै हाइ स्कूल समूहबाट सम्पदा आचार्यले प्रथम र हिसी उलकले द्वितिय स्थान प्राप्त गरेका थिए ।

कार्यकर्मको दोस्रो चरणमा डा हरिहर भट्टराईले आजको नेपाली साहित्यले भानुभक्तलाइ कसरी संझने भन्ने विषयमा आफ्नो मन्तब्य राख्नुभएको थियो । वहांले आजको सरकारी कामकाजमा हुने ढिलासुस्ती र जनताले पाएको सकसलाइ आजभन्दा दुइसय वर्ष अगाडिनै भानुभक्तले आफनो कविताहरु मार्फत भनेका थिए तर समय र मान्छे फेरिंदापनि बानी फेरिन नसकेकोमा अलिकति चिन्ता ब्यक्त गर्नुका साथै समाजलाइ काम लाग्ने कुनैपनि नयां काम गर्न कहिल्यैपनि ढिलो नहुने कुरामा जोड दिएर नयां पुस्तालाइ आशाबादी भएर केही गर्न प्रोत्साहित गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्का वक्ता एन आर एन ए अमेरिकाका अध्यक्ष डा केशब पौडेलले भानु सम्बन्धी आफनो छोटो मन्तब्य दिनुको साथै एन आर एन ए अमेरिका नर्थ क्यारोलाइना नेपाली साहित्य समाज जस्ता साहित्यिक संस्थाहरूसंग सहकार्य गरी विदेशमा नेपाली भाषा र साहित्यको उत्थानमा काम गर्न तत्पर भएको कुरा व्यक्त गर्नु भयो । भानुभक्तकै भेशवुशमा सजिएका साहित्यकार तथा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकार इश्वर देवकोटाले पनि भानुभक्तको व्यक्तित्व र कृतित्वसम्बन्धि आफ्नो मन्तव्य राख्नुभएको थियो।आदिकवि भानुको सम्मानमा कार्यक्रममा भानुभक्तले रचना गर्नुभएका केही कालजयी रचनाहरू पनि प्रस्तुत गरिएको थियो । पांच वर्षिया बालिका बिभुषा गौतमले भानुभक्तको चर्चित कविता घांसी वाचन गरी सुरु गरिएको भानुभक्तीय रचना वाचनमा शिशिर खनालले “तारापति”, सुनिल ढुंगेलले “जेल”, निर्मला राजभण्डारीले “प्रश्नोतरमाला” र इश्वर देवकोटा/कमला देवकोटाले “कान्तिपुरी नगरी” श्लोकहरु वाचन गर्नुभएको थियो ।

कार्यक्रमको तेस्रो चरणमा डा ऋषि बस्ताकोटी, रामकुमार सुबेदी, सुजाता ढुंगेल, शिशिर खनाल, राधा पौडेल, नम्रता गुरागाईं लगायतका स्थानीय साहित्यकारहरूले आ-आफ्ना कविताहरू प्रस्तुत गर्नुभएको थियो ।

वाल कविता प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई संस्थाका सल्लहाकारहरू डा हरिहर भट्टराई, डा नारायण राजभण्डारी, इश्वर देवकोटा, एनसीएनसीका अध्यक्ष डा सुषमा प्रधान र सहित्यसमजका अध्यक्ष मनोज प्रधानले पदक तथा प्रमाण-पत्र प्रदान गर्नुभएको थियो।अन्त्यमा आयोजकहरूकातर्फबाट एनसीएनसीका अध्यक्ष डा सुषमा प्रधानले प्रतियोगी बालबालिकाहरू, कार्यक्रममा उपस्थित महानुभावहरू र कार्यक्रम आयोजनामा सहयोग गर्नुहुने सबैपक्षलाई धन्यवाद दिनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com