के अझै डिभी २०२० र २०२१ का झण्डै २० हजार विजेताले भिसा पाउने सम्भावना छ ?


प्रकाशित मिति : जेष्ठ ११, २०८० बिहीबार

डिभी २०२० र २०२१ का झण्डै २० हजार विजेताले भिसा पाउने सम्भावना अझै टरेको छैन । वासिंटन डिसीको पुनरावेदन अदालतमा यसबारेको मुद्दा अझै विचाराधिन रहेका कारण अहिलेसम्म उनीहरुले भिसा पाउन नसकेका हुन् । यदि पुनरावेदन अदालतले डिभी विजेताहरुका पक्षमा फैसला गरेको खण्डमा उनीहरुले भिसा पाउन सुरु गर्नेछन् ।

गत सेप्टेम्बर १६ मा मुद्दाबारे मौखिक तर्क पेश गरिएको थियो । तीन न्यायाधीशको प्यानलमा मुख्य न्यायाधीश श्रीनिवासन र न्यायाधीशहरू कटास र हेन्डरसन थिए। श्रीनिवासन र काटासले मौखिक तर्क अघि नै मुद्दाको बारेमा स्पष्ट रूपमा छलफल गरेका थिए । भिसा रिजर्भ गर्ने अदालतको न्यायसंगत शक्ति बमोजिम यो घोषणा कानूनी थियो वा होइन भन्ने कुरामा उनीहरु केन्द्रित थिए।

दुबै मुद्दाहरूमा कडा तर्कहरु गरिएको थियो । तर गोमेज मुद्दाका सन्दर्भमा तत्कालिन राष्ट्रपतिको घोषणाले मात्र प्रवेशलाई प्रभाव पार्न सक्ने तर भिसा जारी गर्ने कुरालाई प्रभाव पार्न नहुने तर्कको सन्दर्भमा सफलताको मौका भएजस्तो देखिएको छ ।

सरक्षित भिसाका सम्बन्धमा तर्क बलियो थियो । न्यायाधीश कटास र उनका क्लर्कहरूले स्वतन्त्र रूपमा मुद्दाको अनुसन्धान गर्ने संकेत देखिएको थियो । उनले विगत एक दशकमा सर्वोच्च अदालतमा तीनवटा मुद्दा परेको उल्लेख गर्दै इक्विटी वैधानिक आवश्यकताहरूलाई बेवास्ता गर्ने इजाजत नभएको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुनरावेदन अदालतमा विचाराधिन रहेको यो मुद्दा फिर्ता लिन आप्रवासी अधिकारकर्मीहरुले बाइडेन प्रशासनलाई अनुरोध समेत गरेका छन् । यसबारे बाइडेन प्रशासनले केही बताएको छैन । यदि बाइडेन प्रशासनले यो मुद्दा फिर्ता गरेको खण्डमा २०२० र २०२१ डिभी विजेताहरुले भिसा पाउन सुरु गर्नेछन् ।

डिभी २०२० र २०२१ का विजेतालाई भिसा जारी गर्न अमेरिकी सरकारले आवश्यक प्रविधि भने जडान गरिसकेको छ । विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले सबै अदालतमा पेश गरेको कागजातमा विगतका बर्षका डिभीलाई प्रकृयामा लैजानका लागि प्रविधिमा आवश्यक सुधार गरिसकेको जनाइएको थियो ।

अदालतले सेप्टेम्बरसम्म आवश्यक प्रविधि जडान गर्न दिएको आदेश अनुरुप विदेश मन्त्रालयले प्रविधि तयारी अवस्थामा राखेको हो । उक्त सफ्टवेयर विदेशमा रहेका सबै दूतावास र कन्सुलर पोष्टमा अपलोड गरिसकिएको विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

डिभी २०२० र २०२१ का ३६ हजार ८७२ केसहरुलाई प्रकृयामा लैजाने ब्यूरो अफ कन्सुलर अफेयर्सको भनाई छ । विदेश मन्त्रालयको प्रणालीमा ती केसहरु अहिले निष्कृय केसका रुपमा रहेको जनाइएको छ । तर विगतका बर्षको डिभी प्रकृयामा लैजान अदालतको आदेश आएको खण्डमा १५१ वटा दूतावास र कन्सुलर पोष्टहरुमा अनलाइन प्रणालीमाफर्त ती केसहरुलाई सकृय बनाइने जनाइएको छ ।

त्यसपछि विश्वभरका दूतावास र कन्सुलर पोष्टहरुले विगतका बर्षहरुको डिभी विजेताहरुलाई भिसा जारी गर्न सक्नेछन् । हरेक कन्सुलर पोष्टमा एउटा स्क्रीप्ट डाटाबेसमा चलाएर भिसा जारी गर्ने तयारी गरिनेछ । यो स्क्रीप्ट डाटाबेसमा चलाउन केही मिनेट लाग्ने ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

तर भिसा जारी गर्नका लागि पुनरावेदन अदालतले आदेश दिन आवश्यक छ । अमेरिकी विदेश मन्त्रालयले पुनरावेदनको फैसला नआएसम्म डिभी २०२० र २०२१ का विजेतालाई भिसा नदिने स्पष्ट पारिसकेको छ । डिभी २०२० र २०२१ का भिसा संरक्षण गर्ने अदालतको आदेशविरुद्ध बाइडेन प्रशासनले पुनरावेदन गरेको हो ।

विदेश मन्त्रालयको नीतिलाई गैरकानूनी ठहर गर्ने अदालतको आदेशमा गलत तरिकाले कानूनको व्याख्या गरिएको आफूहरुको विश्वास रहेको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । तोकिएको डेडलाइनभन्दा पनि पछिसम्म डिभी विजेतालाई भिसा जारी गर्नुपर्ने अदालतको आदेशविरुद्ध पुनरावेदनको फैसला नआएसम्म भिसा जारी नगरिने जनाइएको हो ।

अदालतको आदेश अनुशार विगतका डिभीलाई प्रकृयामा लैजान अमेरिकी विदेश मन्त्रालयले प्रणालीमा आवश्यक परिमार्जन गर्न आवश्यक भएको र अदालतको आदेशको पालना गर्न परिमाजर्न गरिने विदेश मन्त्रालयको भनाई छ । तर अदालतले स्थगनलाई स्वीकार गरेकाले पुनरावेदनको फैसला नआएसम्म भिसा जारी गर्न आवश्यक नभएको विदेश मन्त्रालयले बताएको छ ।

सन् २०२१ को अगस्त १७ मा अदालतले डिभी २०२० का ९०९५ भिसा संरक्षणका लागि आदेश दिएको थियो । त्यसपछि अक्टोबर २३ मा जारी गरिएको आदेशमा यी भिसाहरु सन् २०२२ को सेप्टेम्बर ३० अगाडि जारी गर्न आदेश दिइएको थियो । तर अप्रिल ५ मा पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी सुरु गर्न नपर्नेगरी अदालतले आदेश दिएको थियो ।

सन् २०२१ को सेप्टेम्बर २७ मा अदालतले कार्यकारी आदेशका कारण भिसा जारी हुन नसकेका २७ दुतावास र पोष्टका लागि डिभी २०२१ का ९६६ भिसा संरक्षणका लागि आदेश दिएको थियो । सन् २०२१ कै अक्टोबर २० मा यी भिसाहरु सकभर छिटो जारी गर्न आदेश दिइएपनि सन् २०२२ को अप्रिल ६ को आदेशमा पुनरावेदनको फैसला नआउँदासम्म भिसा जारी गर्न प्रतिक्षा गर्नसकिने व्यवस्था गरिएको थियो ।

त्यस्तै सन् २०२१ सेप्टेम्बर ३० को आदेशमा ६ हजार ९ सय १४ भिसा संरक्षणको आदेश दिइएको थियो । तर यसका सन्दर्भमा पनि गत अप्रिल १८ मा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो । त्यस्तै सन् २०२१ को सेप्टेम्बर ३० कै आदेशमा ४८१ भिसा संरक्षणको आदेश दिएपनि गत अप्रिल ६ को आदेशमा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com