गत महिना अमेरिकी दूतावास काठमाडौंबाट कसैले पनि पाएनन् डाइभर्सिटी भिसा


प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार

अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंलाई कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरेको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार गत महिना अक्टोबरमा २ जना नेपालीले डाइभर्सिटी भिसा पाएपनि अमेरिकी दूतावास काठमाडौंले भने कसैलाई पनि जारी नगरेको हो ।

अक्टोबर र नोभेम्बरका लागि १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट रहेकोमा डिसेम्बरमा १७ सय र जनवरीका लागि ५५ सयसम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट रहेको छ ।

Visa

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान छ । उनीहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् ।

आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ । एसियामा सबैभन्दा धेरै इरानका ५५०६ जनाले डिभी लोटरी पारेका छन् ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले गतबर्षको अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com