डिभी २०२० र २०२१ का विजेतालाई भिसा जारी गर्न प्रविधि जडान, पुनरावेदनको फैसलाको प्रतिक्षा


प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार

डिभी २०२० र २०२१ का विजेतालाई भिसा जारी गर्न अमेरिकी सरकारले आवश्यक प्रविधि जडान गरिसकेको जनाएको छ । विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले सबै अदालतमा पेश गरेको कागजातमा विगतका बर्षका डिभीलाई प्रकृयामा लैजानका लागि प्रविधिमा आवश्यक सुधार गरिसकेको जनाइएको छ ।

अदालतले सेप्टेम्बरसम्म आवश्यक प्रविधि जडान गर्न दिएको आदेश अनुरुप विदेश मन्त्रालयले प्रविधि तयारी अवस्थामा राखेको छ । उक्त सफ्टवेयर विदेशमा रहेका सबै दूतावास र कन्सुलर पोष्टमा अपलोड गरिसकिएको विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिभी २०२० र २०२१ का ३६ हजार ८७२ केसहरुलाई प्रकृयामा लैजाने ब्यूरो अफ कन्सुलर अफेयर्सको भनाई छ । विदेश मन्त्रालयको प्रणालीमा ती केसहरु अहिले निष्कृय केसका रुपमा रहेको जनाइएको छ । तर विगतका बर्षको डिभी प्रकृयामा लैजान अदालतको आदेश आएको खण्डमा १५१ वटा दूतावास र कन्सुलर पोष्टहरुमा अनलाइन प्रणालीमाफर्त ती केसहरुलाई सकृय बनाइने जनाइएको छ ।

त्यसपछि विश्वभरका दूतावास र कन्सुलर पोष्टहरुले विगतका बर्षहरुको डिभी विजेताहरुलाई भिसा जारी गर्न सक्नेछन् । हरेक कन्सुलर पोष्टमा एउटा स्क्रीप्ट डाटाबेसमा चलाएर भिसा जारी गर्ने तयारी गरिनेछ । यो स्क्रीप्ट डाटाबेसमा चलाउन केही मिनेट लाग्ने ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

तर भिसा जारी गर्नका लागि पुनरावेदन अदालतले आदेश दिन आवश्यक छ । अमेरिकी विदेश मन्त्रालयले पुनरावेदनको फैसला नआएसम्म डिभी २०२० र २०२१ का विजेतालाई भिसा नदिने स्पष्ट पारिसकेको छ । डिभी २०२० र २०२१ का भिसा संरक्षण गर्ने अदालतको आदेशविरुद्ध बाइडेन प्रशासनले पुनरावेदन गरेको छ ।

अमेरिकी दूतावास काठमाडौं

विदेश मन्त्रालयको नीतिलाई गैरकानूनी ठहर गर्ने अदालतको आदेशमा गलत तरिकाले कानूनको व्याख्या गरिएको आफूहरुको विश्वास रहेको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । तोकिएको डेडलाइनभन्दा पनि पछिसम्म डिभी विजेतालाई भिसा जारी गर्नुपर्ने अदालतको आदेशविरुद्ध पुनरावेदनको फैसला नआएसम्म भिसा जारी नगरिने जनाइएको हो ।

अदालतको आदेश अनुशार विगतका डिभीलाई प्रकृयामा लैजान अमेरिकी विदेश मन्त्रालयले प्रणालीमा आवश्यक परिमार्जन गर्न आवश्यक भएको र अदालतको आदेशको पालना गर्न परिमाजर्न गरिने विदेश मन्त्रालयको भनाई छ । तर अदालतले स्थगनलाई स्वीकार गरेकाले पुनरावेदनको फैसला नआएसम्म भिसा जारी गर्न आवश्यक नभएको विदेश मन्त्रालयले बताएको छ ।

सन् २०२१ को अगस्त १७ मा अदालतले डिभी २०२० का ९०९५ भिसा संरक्षणका लागि आदेश दिएको थियो । त्यसपछि अक्टोबर २३ मा जारी गरिएको आदेशमा यी भिसाहरु सन् २०२२ को सेप्टेम्बर ३० अगाडि जारी गर्न आदेश दिइएको थियो । तर अप्रिल ५ मा पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी सुरु गर्न नपर्नेगरी अदालतले आदेश दिएको थियो ।

केन्टकी सर्भिस सेन्टर

सेप्टेम्बर २७ मा अदालतले कार्यकारी आदेशका कारण भिसा जारी हुन नसकेका २७ दुतावास र पोष्टका लागि डिभी २०२१ का ९६६ भिसा संरक्षणका लागि आदेश दिएको थियो । अक्टोबर २० मा यी भिसाहरु सकभर छिटो जारी गर्न आदेश दिइएपनि अप्रिल ६ को आदेशमा पुनरावेदनको फैसला नआउँदासम्म भिसा जारी गर्न प्रतिक्षा गर्नसकिने व्यवस्था गरिएको थियो ।

त्यस्तै सेप्टेम्बर ३० को आदेशमा ६ हजार ९ सय १४ भिसा संरक्षणको आदेश दिइएको थियो । तर अप्रिल १८ मा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो । त्यस्तै सेप्टेम्बर ३० कै आदेशमा ४८१ भिसा संरक्षणको आदेश दिएपनि अप्रिल ६ को आदेशमा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com