अमेरिकामा बलिउडको प्रवद्र्धनमा चम्किदै विनोद


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

अमेरिकामा बलिउडका विभिन्न चर्चित कलाकारहरुको शो हुने गर्छ । भारतीयहरुको बाक्लो बसोबास रहेको न्युजर्सीमा भारतीय शोहरु निकै धेरै हुने गर्छन् । त्यस्ता प्राय शोमा आजभोलि एकजना नेपाली युवालाई देख्न सकिन्छ । उनी बलिउडका शोहरुको प्रबद्र्धनका लागि खटिइरहेका हुन्छन् । न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा बलिउडको शो हुँदा चर्चित शोहरुमा चर्चित भारतीय सेलिब्रेटीहरुसँगै देखिने ती युवा हुन् विनोद दाहाल ।

कनेक्टिकटमा बस्दै आएका विनोद १२ बर्ष अगाडि अमेरिका आएका हुन् । अमेरिका आएको अर्कोबर्षदेखि नै उनी बलिउडका शोहरुमा आबद्ध हुन थाले । अहिले त न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा कुनै बलिउडको शो हुँदा उनको खोजीमात्र हुँदैन उनी आफै त्यस्ता शोहरुको आयोजना समेत गर्न थालेका छन् ।

अहिलेसम्म २० वटा भन्दा ठूला बलिउड शोका प्रोजेक्टहरुमा काम गरिसकेका बिनोदले साना र मिडियम खालका गरी १ सय भन्दा धेरै बलिउड शोका प्रोजेक्टहरुमा काम गरिसकेका छन् । आशा भोस्ले, करन जोहर, कैट्रिना कैफ, आलिया भाट, सिद्धार्थ मल्होत्रा, अभिषेक बच्चनदेखि जोली मुखर्जीसम्मको शोको प्रवद्र्धनमा उनी खटिएका छन् । जोली मुखर्जीसहित पाँचजना कलाकारको शो त जुनको दोश्रो साता उनी आफै प्रत्यक्ष हिभागी भएर आयोजना गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शो वा अन्य कामका शिलशिलामा झण्डै आधा बलिउड जस्तोसँग उनी सम्पर्कमा रहिरहन्छन् । न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा हुने शोको बजारप्रबद्र्धनदेखि कलाकारको टिम म्यानेजमेन्टसम्मका खटिन्छन् उनी ।

झण्डै ११ बर्षदेखि बलिउडको प्रबद्र्धनको क्षेत्रमा सकृय भएपनि उनी नेपाली समुदायमा भने खासै परिचित छैनन् । भारतीय कलाकारसँग र भारतीय कम्युनिटीसँग काम गर्ने भएकाले नेपाली समुदायले त्यती नचिनेको उनको भनाई छ ।

बलिउडको प्रबद्र्धनमात्र उनको मुख्य पेशा होइन । उनी सौन्दर्यसँग सम्बन्धित सामाग्रीहरुको ब्यापारमा संलग्न छन् । तर बच्चैदेखि गीतसंगितको पारखीमात्र नभएर आफैले समेत गीत गाउने भएकाले उनलाई मनोरञ्जनको क्षेत्रमा ब्यापार गर्न रुची बढेको हो ।

काठमाडौं बुढानिलकण्ठमा घर भएका बिनोदले भानुभक्त मेमोरियल स्कुल पानीपोखरीमा अध्ययन गरेका थिए । पढाईकै शिलशिलामा अमेरिका आएपनि उनलाई भने बिजनेशप्रति रुची थियो । घरपरिवारका सबैजना एकेडेमिक क्षेत्रमा भएकाले आफूलाई भने बिजनेशको क्षेत्रमा अगाडि बढ्ने इच्छा जागेको बताउँछन् उनी । तर उनी बलिउडको क्षेत्रमा भने फ्रिल्यान्सरका रुपमा मात्र काम गर्छन् । उनी कुनै कार्यक्रममा सेलिब्रेटी चाहिएमा , रिबन काट्नु परेमा, सेलिब्रेटीले भाषण दिनु परेमा वा उपस्थीति आवश्यक परेमा विभिन्न कम्पनीसँग मिलेर सेलिब्रेटी उपलब्ध गराउने काम समेत गर्छन् उनी ।

अहिले जुन स्तरको काम भइरहेको छ त्यो भन्दा ठूलो स्तरमा जाने उनको योजना छ । बलिउडका टप कलाकारहरुका साथमा अब आफ्नै पृष्ठभूमीका साथ टप लेभलको कार्यक्रम गर्ने उनको योजना छ । साथै बलिउडका शोमा नेपाली दर्शकहरुलाई पनि उपस्थीत गराउने उनको योजना छ । त्यस्तै नेपाली कलाकारलाई पनि बलिउडका शोमा बलिउडका सेलिब्र्रेटीसँगै स्टेश शेयर गराउनुपर्नेमा उनी सकारात्मक छन् । भन्छन् –‘नेपालीले बलिउड मन पराउनुहुन्छ तर कलाकार आएको थाहा नपाएर कार्यक्रममा सहभागी हुन सक्नुभएको छैन । भविश्यमा नेपालीहरुलाई दर्शकका रुपमामात्र होइन, नेपाली कलाकारलाई बलिउडका कलाकारसँगै अमेरिकाको स्टेजमा समेत ल्याउनुपर्छ । ’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com