अप्रिलमा ६४६ लाई डाइभर्सिटी भिसा दिएको अमेरिकी दूतावास काठमाडौंबाट गत महिना जम्मा ५४ लाई डिभी


प्रकाशित मिति : असार ८, २०७९ बुधबार

अप्रिलमा ६४६ जनालाई डाइभर्सिटी भिसा दिएको अमेरिकी दूतावास काठमाडौंले गत महिना जम्मा ५४ जनालाईमात्र डाइभर्सिटी भिसा दिएको खुलासा भएको छ । अमेरिकी विदेशमन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुशार मे महिनामा अमेरिकी दूतावास काठमाडौंले जम्मा ५४ जनालाई डाइभर्सिटी भिसा दिएको हो ।

मे महिनामा विश्वभरबाट जम्मा ५९ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका छन् । मार्च र अप्रिलमा अमेरिकी दूतावास काठमाडौंले उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेपछि मे महिनामा पनि यो क्रम जारी रहने अपेक्षा गरिएको थियो । तर मे महिनाको तथ्यांक भने डिभी विजेताहरुका लागि निराशाजनक रहेको छ ।

अमेरिकी दूतावास काठमाडौं

अप्रिल महिनामा अमेरिकी दूतावास काठमाडौंले ९८२ जनालाई आप्रवासी भिसा जारी गरेको थियो । त्यस्तै अप्रिलमा अमेरिकी दूतावास काठमाडौंले १७४३ जनालाई गैर आप्रवासी भिसा दिएको थियो, जसमध्ये भिजिटर भिसा पाउनेहरु १३४० जना थिए । तर मे महिनामा भने ४४७ जनालाईमात्र आप्रवासी भिसा जारी गरेको छ भने ३१७६ जनालाई गैरआप्रवासी भिसा जारी गरेको छ ।

डिभी २०२२ का विजेताहरुले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि झण्डै साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले मार्चको तेश्रोसातादेखि भिसा दिन सुरु गरेको हो । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तरवार्ता लिन सुरु गरेको अमेरिकी दूतावासले जनाएको थियो । यद्यपी मार्चमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । अप्रिलमा अमेरिकी दूतावास काठमाडौंबाट ६ सय ४६ नेपालीले डाइभर्सिटी भिसा पाए ।

मार्चमा अन्य देशबाट भिसा पाउने र अमेरिकामा नै स्थीति समायोजन गर्नेहरुको समेत संख्या जोड्दा कुल भिसा प्राप्त गर्ने डिभी विजेता नेपालीहरुको संख्या भने ३ सय ४ रहेको थियो । अप्रिलमा यो संख्या ६ सय ६२ रहेको थियो ।

डिभी २०२२ का विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

अमेरिकाले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । जुन संख्या झण्डै ३८ सय हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com