के गर्दैछन् इन्डोनेशियाको बालीमा ओबामा (८ रोचक तस्विर)


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको परिवार यतिबेला इन्डोनेशियाको बालीमा बिदा मनाइरहेको छ । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताएका थिए । पूर्वराष्ट्रपति ओबामा श्रीमती मिशेल र दुई छोरीसहित बालीमा रहेको टापुमा घुमफिर गरिरहेका छन् ।

एकसाता बालीमा बसेपछि ओबामा परिवार योग्याकार्ता पुगेर त्यहाँको पुरानो मन्दिरको भ्रमण गर्ने जनाइएको छ । २ दिन त्यहाँ बिताएपछि जाकार्ता जाने बताइएको छ । ओबामाकी पारपाचुके गरेकी आमाले इन्डोनेशियनसँग विवाह गरेपछि ओबामाले सन् १९७० सम्म ४ बर्ष इन्डोनेशियामा बिताए । इन्डोनेशियाका राष्ट्रपतिको बारम्बारको निमन्त्रणापछि ओबामा बिदा मनाउन त्यहाँ गएका हुन् ।

ओबामाले जुन ३० मा इन्डोनेशियाका राष्ट्रपतिलाई भेट्ने र भोलिपल्ट एउटा कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ । तस्विर : एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com