अमेरिकाको डिभी लोटरी भर्न अबदेखि पासपोर्ट नचाहिने नियम फेडरल रजिष्टरमा प्रकाशित


प्रकाशित मिति : जेष्ठ २९, २०७९ आईतबार

अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट नचाहिने नियम फेडरल रजिष्टरमा प्रकाशित भएको छ । शुक्रबारदेखि नियम लागु हुनेगरी शुक्रबार नै फेडरल रजिष्टरमा यो नियम प्रकाशित भएपछि अब अर्कोपटक देखि डिभी लोटरी भर्दा पासपोर्ट नचाहिने भएको छ ।

सन् २०१९ को जुन ५ मा तत्कालिन ट्रम्प प्रशासनले डिभी लोटरी भर्दा पासपोर्ट अनिवार्य अन्तरिम अन्तिम नियम ल्याएको थियो । तर गत फरबरी ४ मा अदालतले ट्रम्पकालिन नियम खारेज गरिदिएको थियो । अमेरिकाको डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बियाका न्यायाधिस टिमोथी केलीले यो नियम प्रकृया मिचेर ल्याइएको भन्दै खारेज गर्ने फैसला गरेका थिए । केलीलाई तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए ।

सोही फैसलाको कार्यान्वउन गर्दै अमेरिकी सरकारको विदेश मन्त्रालयले पासपोर्ट नचाहिने अन्तिम नियम ल्याएको हो । डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियमले पासपोर्ट नभएकाहरुम अनावश्यक भार थोपरेको थियो भने डिभी भर्नकै लागिमात्र पासपोर्ट बनाउने बाध्यता समेत श्रृजना गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नियम लागु गर्नुभन्दा अगाडि नियम लागु हुने मितिले कम्तीमा ३० दिन अगाडि फेडरल रजिष्टरमा प्रकाशित गर्नुपर्ने तथा कमेन्ट अवधि समेत दिनुपर्ने भएतापनि ट्रम्प प्रशसनले पासपोर्ट अनिवार्य गर्ने नियम ल्याउँदा यो प्रकृया अपनाएको थिए । त्यसैले अदालतले यसलाई गैरकानूनी रुपमा ल्याइएको ठहरगरेको थियो ।

तीनवटा डिभीमा पासपोर्ट अनिवार्य

सन् २०१९ को सेप्टेम्बरमा खुलेको डिभी लोटरीका लागि पासपोर्ट अनिवार्य गराउन सुरु गरिएको थियो । त्यसपछि लगातार सन् २०२० र २०२१ मा खुलेको डिभी लोटरीमा पनि पासपोर्ट अनिवार्य गरियो । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्ने प्रावधान ल्याइएको थियो ।

पासपोर्ट अनिवार्य गर्दा पनि सन् २०१९ को सेप्टेम्बरमा खुलेको डिभी २०२१ कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।

सन् २०१९ देखि अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य भएपछि राहदानी विभागमा पासपोर्ट बनाउनेको भींड उक्त समयमा ६ गुणाभन्दा धेरै बढेको थियो । दैनिक बढीमा ५ सयले पासपोर्टका लागि आवेदन दिने गरेकोमा सन् २०१९ को डिभी खोलेपछि आवेदनको संख्या झन्डै ३ हजार पुगेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com