अगस्तमा सबै डिभी विजेता नेपालीहरुको भिसा करेन्ट हुने, हट्यो सिमाबन्दी


प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार

आगामी अगस्तमा सबै डिभी विजेता नेपालीहरुको भिसा करेन्ट हुने भएको छ । अर्थात् जुनसुकै केस नम्बर भएका डिभी विजेताहरुले पनि अगस्तमा भिसा पाउन सक्नेछन् ।

अगस्तमा विश्वका सबै डिभी विजेताको भिसा करेन्ट रहेको छ भने चालु आर्थिक बर्षका डिभी विजेताहरुले सेप्टेम्बरभित्र भिसा लिइसक्नुपर्ने प्रावधान रहेको छ । यद्यपी
जुलाईमा भने डिभी विजेतालाई भिसा करेन्ट हुँदा एसियामा नेपालीलाई ६३ सयको सिमाबन्दी तोकिएको छ ।

जुलाई महिनामा विश्वभरका सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा नेपाल र इजिप्टलाईमात्र सिमाबन्दी तोकिएको हो । एसियामा सबै देशका डिभी विजेताहरुको भिसा करेन्ट हुँदा नेपालीलाईमात्र सिमाबन्दी तोकिएको हो ।

यस्तो सिमाबन्दी जुनका लागि पनि तोकिएको छ। जुन महिनामा ५७ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा पाउन सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी र फेब्रअुरीमा भिसा दिइएन । मार्चबाट अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता लिन सुरु गरेको हो ।

आर्थिक बर्ष सन् २०२२ का लागि गत मे ८ मा डिभी लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् । उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।

अमेरिकी दूतावास काठमाडौं

सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरुसहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु विश्वभरबाट कुल १ करोड ३१ लाख ९१ हजार २ सय ९६ जना रहेका थिए ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी २०२२ का विजेताहरुका लागि केन्टकी सर्भिस सेन्टरमा डीएस २६० आप्रवासी भिसा आवेदन फर्ममात्र बुझाए पुग्ने व्यवस्था गरेको छ । उनीहरुले आफ्नो र साथमा अमेरिका आउने परिवारका सदस्यहरुको डीएस २६० फर्म बुझाउनुपर्ने र अन्य थप कागजात आवश्यक नपर्ने जनाइएको छ ।

केससँग सम्बन्धित सबै आवेदकको डीएस २६० आप्रवासी भिसा आवेदन फर्म प्राप्त गरिसकेपछि केन्टकी सर्भिस सेन्टरले भिसा अन्तरवार्ता तय गर्नेछ । दूतावास वा कन्सुलेटमा भिसा अन्तरवार्ता तय गर्नका लागि आवेदकले केन्टकी सर्भिस सेन्टरमा थप कागजातहरु बुझाउन नपर्ने विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

थप कागजातहरु दूतावास वा कन्सुलेटमा अन्तरवार्ताका समयमा संकलन गरिने भएको छ । अमेरिकी कानूनले भिसाको योग्यता पूरा गर्नका लागि आवेदकले सबै आवश्यक कागजातहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

आवश्यक कागजात नबुझाएको खण्डमा दूतावास वा कन्सुलेटले भिसा अस्वीकृत गर्ने जनाइएको छ । कागजातको अभावका कारण भिसा अस्वीकृत भएको अवस्थामा पछि कागजातहरु पेश गरेर भिसा प्राप्त गर्नभने सकिने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । आवश्यक सबै कागजातका साथ अन्तरवार्ताकै समयमा भिसाका लागि योग्यता प्रमाणित गर्न सुझाव दिइएको छ ।

अन्तवार्ताभन्दा अगाडि भिसा आवेदकले राम्रोसँग तयारी गरेको र आवश्यक कागजात सुरक्षित रहेको सुनिश्चित गर्न केन्टकी सर्भिस सेन्टरले आवेदनहरु पूर्व प्रकृयामा लैजादै आएको छ । यसले कन्सुलर सेक्सनको प्रभावकारिता बढाउनुका साथै आवश्यकहरुलाई आफ्नो योग्यता प्रमाणित गर्न सहयोग गरेको थियो ।

केन्टकी सर्भिस सेन्टरमा कागजात प्रमाणिकरण गर्दा लामो समय लाग्ने भएपछि डिभी विजेताहरुले समयमा भिसा पाउन नसकेको अवस्थामा सबै उपलब्ध डिभी अप्वाइन्टमेन्टहरुको प्रयोग गर्नका लागि नयाँ नियम ल्याइएको हो । यसलाई पाइलट कार्यक्रमका रुपमा ल्याइएको र बर्षको अन्तिममा कार्यक्रमको लागत र लाभबारे विश्लेषण गरिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com