पाँच महिनापछि मार्चमा ३०४ डिभी विजेता नेपालीले भिसा पाएको खुलासा


प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार

डिभी २०२२ का विजेताहरुले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि ५ महिनापछि मार्चमामात्र भिसा प्राप्त गरेका छन् । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन ।

मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तरवार्ता लिन सुरु गरेको अमेरिकी दूतावासले जनाएको थियो । यद्यपी मार्चमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको तथ्यांक अमेरिकी सरकारको विदेश मन्त्रालयबाट सार्वजनिक भएको छ ।

मार्चमा अन्य देशबाट भिसा पाउने र अमेरिकामा नै स्थीति समायोजन गर्नेहरुको समेत संख्या जोड्दा कुल भिसा प्राप्त गर्ने डिभी विजेता नेपालीहरुको संख्या भने ३ सय ४ रहेको छ । डिभी २०२२ का विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

अमेरिकी दूतावास काठमाडौंले अप्रिल र मे मा पनि डिभी विजेताहरुलाई भिसा जारी गरेको छ । तर अहिलेसम्म कतिजनालाई भिसा जारी गरियो भन्ने विवरण प्राप्त भएको छैन ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com