रेड पाण्डा संरक्षणमा योगदान वापत नेपालीले बेलायतमा जिते ४० हजार पाउण्डको हवीट्ली अवार्ड


प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार

लोपोन्मुख सूचीमा रहेको रेड पाण्डाको बासस्थान नेपालमा झण्डै ४ सय स्थानमा रहेको छ । सन् २०२१ मा नेपाली अधिकारीहरुले अबैध रुपमा ओसारपसार गरिएको रेड पाण्डाको छाला सबैभन्दा धेरै बरामद गरेका थिए । नेपालमा रेडपाण्डाको तस्करी भइरहेको सन्दर्भमा सोनाम टासी लामा रेण्ड पाण्डाको संरक्षणमा सकृय छन् ।

विश्वकै तेश्रो अग्लो हिमाल कञ्चनजंघाको फेदीमा रहेको एउटा गाउँमा रहेर लामाले विगत लामो समयदेखि रेण्ड पाण्डाको संरक्षणमा काम गर्दै आएका छन् । उनले प्राप्त गरेको अवार्डको राशी रेण्ड पाण्डाको चोरी शिकारीमा लागेकाहरुलाई रेड पाण्डाकै संरक्षणमा सकृय बनाउने तथा सामाजिक र आर्थिक रुपमा जोखिममा परेका महिला र युवालाई दिगो आम्दानीको अवशर श्रृजना गर्न प्रयोग गर्ने भएका छन् ।

लामा लामो समयदेखि रेडपाण्डा संरक्षणमा काम गर्दै आएको संस्था रेड पाण्डा नेटवर्कमा आवद्ध छन् । रेड पाण्डा नेटवर्कले १० वटा रेडपाण्डाहरुलाई सफलतापूर्वक जीपीएस कलर गरी तिनीहरुको अध्ययन सम्पन्न गरिसकेको छ । यो नेटवर्कले रेड पाण्डाको प्राकृतिक वासस्थानमा तिनीहरुको संरक्षण साथै अनुगमनको काम गर्नमा अग्रणी भूमिका निभाउदै आएको छ ।

बन्यजन्तु संरक्षणको क्षेत्रमा हवीट्ली अवार्ड विश्वकै उत्कृष्ट अवार्ड मध्येको एक हो । यो अवार्डले जैविक विविधता र वातावरण संरक्षण तथा मानव जातीको भलाईका लागि स्थानीय समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिहरुको पहिचान गर्दछ । ५ मेमा सम्पन्न हुनेगरी अप्रिल २८ बाट चीनमा संयुक्त राष्ट्रसंघको जैविक विविधता सम्मलेन सुरु भएसँगै हवीट्ली अवार्ड विजेताहरुले संरक्षणको महत्वाकांक्षालाई वास्तविकतामा परिणत गरिरहेका छन् ।

नेपालमा सन् २०२१ मा मात्र ३७ वटा रेडपाण्डाको छाला बरामद भएको थियो । अध्ययनले नेपालमा हरेक १० दिनमा एउटा रेडपाण्डाको शिकार हुने गरेको देखाएको छ । वास्थानको विनाशले विश्वभर जम्मा १० हजार रेडपाण्डाहरु रहेको अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com