२०२० र २०२१ का डिभी विजेतालाई फाइदा गर्ने आदेशमाथिको पुनरावेदनमा मौखिक बहस सेप्टेम्बरमा


प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार

डिभी २०२० र २०२१ का डिभी विजेताका लागि भिसाहरु संरक्षण गर्नेगरी अमेरिकी डिस्ट्रिक्ट कोर्टका न्यायाधीश अमित मेहता र तान्या चुटकनद्वारा जारी गरिएका आदेशका सन्दर्भमा बाइडेन प्रशासनबाट गरिएका पुनरावेदनहरु एकीकृत गरिने भएको छ । वासिंटन डिसीको डिस्ट्रिक्ट कोर्टका लागि पुनरावेदन अदालतले बाइडेन प्रशासनका सबै अपिलहरु एकीकृत गर्ने आदेश दिएको हो ।

त्यस्तै यो मुद्दाबारे पुनरावेदन अदालतले तालिका समेत सार्वजनिक गरेको छ । जस अनुशार आगामी सेप्टेम्बरमा यसबारे मौखिक बहस हुने भएको छ । त्यो भन्दा अगाडि बादी प्रतिवादीहरुलाई यसबारे व्याख्याहरु पेश गर्ने मौका दिइएको छ । डिभीका सन्दर्भमा विभिन्न ४ वटा मुद्दाहरु अहिले अदालतमा विभिन्न चरणमा रहेका छन् ।

डिभी २०२० र २०२१ का  डिभी विजेताका लागि अदालतले १७,४५६ भिसा संरक्षण गरेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी २०२० र २०२१ का संरक्षित भिसाहरुबारे छिट्टै निर्देशिका जारी गर्ने बताएपनि यसबारे थप प्रकृया अगाडि बढाइएको छैन । डिभी २०२० र २०२१ का संरक्षित भिसा कसरी र कहिले प्रकृया अगाडि बढाउने भन्नेबारे सरकारले केही बताएको छैन ।

डिभी २०२० र २०२१ का सन्दर्भमा अदालतले भिसा संरक्षणका लागि विभिन्न समयमा विभिन्न आदेशहरु दिएको छ । विदेश मन्त्रालयले संरक्षित भिसाहरु आर्थिक बर्ष २०२३ भन्दा अगाडि जारी गर्न नसकिने बताउँदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत अगस्त १७ मा वासिंटन डिसीको अदालतले डिभी २०२० का ९ हजार ९५ संरक्षित भिसाहरु जारी गर्न सरकारलाई आदेश दिएको थियो ।

त्यस्तै सेप्टेम्बर २७ मा वासिंटन डिसीको अदालतकै न्यायाधिसले कोरोना सम्बन्धित यात्रा प्रतिबन्धहरुका कारण भिसा पाउन नसकेका आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुका लागि ९६६ भिसा संरक्षण गर्न आदेश दिएको थियो । त्यस्तै सेप्टेम्बर ३० मा दिइएको आदेशमा ६ हजार ९ सय १४ भिसा संरक्षणको आदेश दिइएको थियो । अर्को आदेशमा थप ४८१ भिसा संरक्षण गर्न र आर्थिक बर्ष २०२२ भित्र जारी गर्न आदेश दिइएको थियो ।

यसरी अदालतले डिभी २०२१ का कुल ८३६१ भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ ।

डिभी २०२१ को भिसा जारी गर्ने डेडलाइन समाप्त हुने दिन वासिंटन डिसीको अदालतका न्यायाधिस अमित मेहताले भिसा संरक्षणको आदेश दिएका थिए ।

डिभी २०२१ का विजेताका लागि सन् २०२१ को सेप्टेम्बर ३० भित्र भिसा जारी गर्ने नियम भएपनि अदालतको आदेश पछि सरकारले आगामी दिनमा ८३६१ डिभी विजेताका लागि भिसा जारी गर्नुपर्नेछ ।

आर्थिक बर्ष २०२० मा कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका बाबजुत १९ हजार १ सय २५ जना डिभी विजेताले भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक छ । थप ९ हजार ९५ भिसा संरक्षण गरिएको छ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको थियो । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको थियो । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारीका बाबजुत पनि २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com